Wednesday 19th of February 2020

प्रहरीले अवैध काठ बरामद

सिरहा । अवैध रुपमा घरमा लुकाएर राखेको काठ बरामद भएको छ । सिरहाको लहान नगरपालिका–१८ भदैयाबाट लुकाएर राखेको अवस्थामा प्रहरीले अवैध काठ बरामद गरेको हो । इलाका प्रहरीका कार्यालय लहानले शनिबार स्थानीय स्माइल मियाँको घरमा लुकाएर राखिएको ३० क्युफिट काठ बरामद गरेको हो ।

बरामद गरिएको काठमा २९ थान साल, मुरकुट दुई थान, नौ थान अस्माको र ६ थान सिसौको काठ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्