Monday 20th of January 2020

आजको राशीफल

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमादित्य सम्वत २०७५ साल फाल्गुन १४ गते भौमबार नेपाल सम्बत ११३९ सिल्लागा तदनुसार सन् २०१९ फेब्रुवरी २६ तारिक कृष्णपक्ष सप्तमी तिथि विहान १० वजेर १७ मिनेटसम्म उप्रान्त अष्टमी तिथि,अनुराधा नक्षत्र राती ३ वजेर ५५ मिनेटसम्म उप्रान्त ज्येष्ठा नक्षत्र,व्याघात योग,बव करण,आनन्दादियोग वज्र,सूर्य कुम्भ राशीमा,चन्द्रमा वृश्चिक राशीमा । काल राहु पश्चिम र पाश पूर्व दिशामा, योगिनी विहान १० वजेर १७ मिनेटसम्म वायव्य र उप्रान्त ईशान्य दिशामा एवं चन्द्रमा उत्तर दिशामा दिनभर भ्रमण गर्ने छन् । चन्द्रमा सम्मुख उत्तम तर काल र पाश भने पार्नु हुदैन यात्रादि शुभ कार्यमा ।

मुहूर्त
राहुकालः–अशुभ अपरान्ह ३ वजेर ९ मिनेटबाट ४ वजेर ३५ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ९ वजेर २५ मिनेटबाट १० वजेर ५२ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य मध्यान्ह १२ वजेर १७ मिनेटबाट दिवा १ वजेर ४३ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर ५० मिनेटबाट ९ वजेर ३६ सम्म र राती ११ वजेर २ मिनेटबाट ११ वजेर ४७ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५४ मिनेटबाट मध्यान्ह १२ वजेर ४० मिनेटसम्म रहनेछ ।

दिनबार बेला
सूर्योदयबाट प्रातः ७ वजेर ५९ मिनेटसम्म रोग वेला,७ वजेर ५९ मिनेटबाट ९ वजेर २५ मिनेटसम्म उद्वेग वेला,९ वजेर २५ मिनेटबाट १० वजेर ५१ मिनेटसम्म चर वेला,१० वजेर ५१ मिनेटबाट १२ वजेर १७ मिनेटसम्म लाभ वेला,१२ वजेर १७ मिनेटबाट १ वजेर ४३ मिनेटसम्म अमृत वेला,१ वजेर ४३ मिनेटबाट ३ वजेर ९ मिनेटसम्म काल वेला,३ वजेर ९ मिनेटबाट ४ वजेर ३५ मिनेटसम्म शुभ वेला र ४ वजेर ३५ मिनेटबाट सूर्यास्तसम्म रोग वेला रहनेछ ।

रात्रीबार बेला
सूर्यास्तबाट ७ वजेर ३६ मिनेटसम्म काल वेला,७ वजेर ३६ मिनेटबाट ९ वजेर १० मिनेटसम्म लाभ वेला,९ वजेर १० मिनेटबाट १० वजेर ४४ मिनेटसम्म उद्वेग वेला,१० वजेर ४४ मिनेटबाट १२ वजेर १८ मिनेटसम्म शुभ वेला,१२ वजेर १८ मिनेटबाट १ वजेर ५२ मिनेटसम्म अमृत वेला,१ वजेर ५२ मिनेटबाट ३ वजेर २६ मिनेटसम्म चर वेला,३ वजेर २६ मिनेटबाट ५ वजेसम्म रोग र ५ वजेबाट सूर्योदयसम्म काल वेला रहनेछ ।

मेषः– देखिएका सम्भावनाहरु विलाउने छन् । कुनै कुरालाई पनि अति विश्वास नगर्नु होला । नयाँ काममा लगानी बढाउनु घाटा हुनेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । गर्न लागेका काममा विभिन्न खालका अवरोध आउने देखिन्छ । गतिलो समाचार सुन्न पाईने छैन । सहयोगको आशा वोकेर गएका ठाँउबाट निराशा भएर फर्किनु पर्नेछ । व्यापार घट्नेछ ।

वृषः– समयले साथ दिनेछ सदुपयोग गर्नु होला । विवादको अन्त्य हुनेछ । मनोबल र कार्य क्षमता बढ्ने छ । आफ्नै पहलमा धेरै काम बन्ने छन् । नयाँ कामको प्रस्ताव आउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथीको सहयोगमा महत्व पूर्ण काम हुनेछन् । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । आम्दानी बढ्ला ।

मिथुनः– गोपनियता भङ्ग नगर्नु होला आफन्त नै शत्रु हुन सक्छन् । काममा हेलचक्र्याई गरेमा अरुले फाइदा लुट्ने छन् । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल भने पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आय आर्जन बढ्नेछ । ऋण लगानी नगर्नु उत्तम देखिन्छ । गरेमा सुरक्षित विधि अप्नाउनु होला ।

कर्कटः– मनमा धेरै कुरा खेल्ने छन् । आफ्नै कारण काममा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने सम्भावना रहनेछ । समस्याको घेराबाट बाहिर निस्कने प्रयत्न गर्नु होला । व्यापारमा सामान्य सुधार आउनेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । सम्पतिको तृष्णा बढ्नेछ ।

सिंहः–अनुत्पादक काममा समय बढि लगानी हुने देखिन्छ । घरयासी वस्तु खरीदमा धन बढि खर्च होला । व्यवसायिक गतिविधि अझेलमा पर्नेछन् । समयले सोचे जस्तो साथ दिने छैन । काम गर्ने जोश जागर घट्नेछ । मुखको सहयोग गर्ने धेरै हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । घरमा पारिवारिक जमघट बढ्नेछ ।

कन्याः– साहासिक काम हुनेछन् । निर्णय क्षमता बढ्नेछ । तर कुनै पनि कामको बारेमा निर्णय लिदा एकपटक सोचेर लिनुहोला । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । इष्टमित्र साथी भाईको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् । ज्ञान र शिपको विकाश हुनेछ ।

तुलाः–घर प्रयोजनका लागि सामान खरीदमा धेरै पैसा जानेछ । आफन्तको सुझाव सल्लाहा राम्रै मिल्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । हेलचक्र्याई नगरि प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि आनन्द हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिकः– अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । औषधी चिकित्सा,यान्त्रिक,निर्माण व्यवसाय तथा प्राविधिक कामबाट बढि लाभान्वित हुनुहुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । पढाईमा प्रगति हुनेछ ।

धनुः– समयले सोचे जस्तो साथ दिने छैन । मनमा गलत विचार जन्मिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । परभाव एवं परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । अतिथि खर्च बढ्नेछ ।

मकरः– सपनाहरु साकार पार्न लगनशिलता बढाउनु होला । आकस्मिक आम्दानीको योग देखिन्छ । उधारो रकम उठ्नेछ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

कुम्भः–मनबाट नकरात्मक विचारहरु हट्नेछ । गतिरोधको अन्त्य हुनेछ । विगतमा देखिएका समस्या समाधान हुनेछन् । विरोधी शरणमा आउने बातावरण बन्ला । काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मान सम्मान पाईनेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला ।

मिनः– समयमा सामान्य सुधार आउने देखिन्छ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । लेनदेन कारोवारमा सुधार आउनेछ । स्वास्थ्यम सुधार आउनेछ । धार्मिक यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । मान्यजनबाट सहयोग सहानुभूति मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्