Saturday 21st of September 2019

पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटना, घटना स्थलमा प्रहरी परिचालन

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको बताइएको छ ।

गृह मन्त्रालयले स्रोतले भन्यो–‘पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ । अन्य जानकारी भने आउन सकेको छैन ।’

नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। हेलिकप्टरमा मन्त्री अधिकारीसँगै निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा

प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव युवराज दाहाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, अर्जुन घिमिरे पनि छन्। घिमिरे पनि प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेको बताइएको छ।

मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पासहित ६ जना सवार थिए । स्रोतका अनुसार केही समयअघि गाउँलेले ताप्लेजुङको दारेभीरमा ठूलो आगो लागेको जानकारी दिएपछि प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहित प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

१ नम्बर प्रदेश प्रमुख डिआईजी केदार रिजालले घटनस्थलमा प्रहरी परिचालन गरिएको जानकारी गराउँदै यात्रुहरुको अवस्थाको बारेमा खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्