Tuesday 18th of February 2020

अधिकारी सवार हेलिकप्टर दुर्घटना : मन्त्री अधिकारीसहित सबैको शव काठमाडौं ल्याइयो (अपडेट)

ताप्लेजुङ । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइएको छ ।

सेनाको हेलिकप्टरले शव त्रिभुवन विमानस्थलमा ल्याइएको छ ।

अब शव काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ। त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने स्रोतले बताइएको छ।

मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लगिने छ।

मौसम खराब रहेको कारण शव काठमाडौं ल्याउन ढिला भएको हो ।

बुधबार दिउँसो पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा सिस्नेभीरमा हेलिकप्टर ठोक्किँदा ७ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्