Sunday 29th of March 2020

दिशाको तस्बिर बलिउडमा भाइरल

काठमाडाैं । चर्चित बलिउड अभिनेत्री दिशा पटनी हट अनि सेक्सी तस्बिरका कारण सधैँ चर्चामा आउने गरेकी छिन् । दिशाले केही दिनअघि यस्तै सेक्सी तस्बिर इन्स्टाग्राममा राखेर सनसनी फैलाएकी छिन् । कालो बिकिनीमा सजिएकी दिशाको यो तस्बिर दुई घन्टामा ७ लाख दर्शकले लाइक गरेका छन् ।

आफ्ना सेक्सी तस्बिरहरू इन्स्टाग्राम एकाउन्टमा राखेर सेयर गर्दै आएकी दिशाले पछिल्लोपटक एक्सन टे«निङ लिँदै गरेको भिडियो सेयर गरेकी थिइन् । जसलाई करोडौँ दर्शकले मन पराएर उनको फिटनेसको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

यतिबेला दिशा सलमानको फिल्म ‘भारत’मा काम गरिरहेकी छिन् । यो फिल्ममा मुख्य भूमिका निभाइरहेकी दिशाले केही एक्सन दृश्य पनि दिएकी छिन् । फिल्म भारतका लागि दिशालाई डबल बडीको लागि अफर गरिए पनि उनले यो अफरलाई अस्वीकार गरेकी थिइन् । तर, अहिले दिशा यसैको तयारी गरिरहेकी छिन् । आफ्नो फिटनेसका लागि निकै चिन्तित दिशाको सुन्दर फिगरको राज पनि यसैलाई मानिएको छ ।

यतिबेला बलिउडमा आफ्नो प्रभाव जमाउन सफल दिशाले पछिल्लोपटक बलिउडमा बागी–२ जस्तो सुपरहिट फिल्म दिएर चर्चामा आएकी थिइन् । बागी–२ मा टाइग्राफ श्रापसंँग अभिनय गरेकी दिशाले यो फिल्ममा उत्कृष्ट अभिनय गरेकी थिइन् । यतिबेला टाइगर र दिशाको प्रेम–सम्बन्धबारे बलिउडमा चर्चा चले पनि यी दुवैले आफूहरू एकदमै मिल्ने साथी मात्रै भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्