Friday 21st of February 2020

टीकापुर नरसंहारका नाइके चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर नरसंहारका नाइके रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको हो । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ ।

कैद भुक्तान गरिसकेकाले थारु आजै रिहा हुने भएका छन् । चौधरी हाल डिल्लीबजार कारागारमा छन्।

७ भदौ ०७२ मा कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो । घटनामा एक जना बालकको पनि ज्यान गएको छ।

सो घटनाको योजनाकार चौधरी थिए। घटनामा ५० भन्दा बढी सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका थिए। सांसदमा निर्वाचित भएको १३ महिनापछि चौधरीले १९ पुस ०७५ मा शपथग्रहण गरी डिल्लीबजार कारागार कारागार फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्