Sunday 8th of December 2019

प्रदेश नम्बर ५ को राजधानी टुङ्गो लगाउन गठन भएकाे समितिकाे म्याद थप

बुटवल । अधिकांश प्रदेशहरुको स्थायी राजधानी र नामकरण हुन सकेको छैन । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामकरण टुङ्गो लगाउन प्रदेशसभालाई ठुलो चुनौति भएको छ ।

प्रदेशसभा गठन भएको एक वर्ष बितिसक्दा पनि टुङ्गो लगाउन नसकेको भन्दै आलोचना भइरहेको बेला बुधबार प्रदेशसभाले राजधानी र नामकरणको विषय टुङ्गो लगाउने जिम्मेवारी पाएको समितिको फेरि दोस्रो पटक म्याद थप गरेर र अन्यौन र्सिजना गरेको छ ।

बुधबारको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी विशेष समितिको म्याद फेरि तीन महिना थप गर्ने निर्णय गरेको हो । योसँगै राजधानीको विषय निश्चित भएको छ ।

गत भदौमा गठन भएको समितिले सुरुको तीन महिना बैठक समेत नबसी समय गुजारे पनि पछिल्लो समय भने केही गतिशीलता देखाउँदै जिल्ला जिल्लाबाट सुझाव सङ्कलन गरेको थियो ।

प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले समितिको म्याद तीन महिना थप गरिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्