Sunday 15th of December 2019

उपराष्ट्रपतिको छोरासँग बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तिसँग बयान लिने तयारी गरेको छ ।

अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका दर्जनभन्दा बढीसँग बयान लिन लागेको हो ।

आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग बिहीबार बयान लिने भएको छ । राजपाका नेपालका नेता ज्ञानेन्द्र झाले न्यौपानेको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्