Tuesday 26th of March 2019

बिरही कार्कीको ‘दर्शन छ निहुरेर’ सार्वजनिक

काठमाडौँ । लोक गायक बिरही कार्कीको नयाँ कोसेली ‘दर्शन छ नीहुरेर’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक कार्कीको आफ्नै संगीत तथा शब्द सृजना रहेको छ भने गायिका माण्डवी त्रिपाठी र बिरही कार्कीकै आवाजमा रहेको छ । त्यस्तै रागा स्टुडियोमा रेकर्ड भएको सोही गीत आशिष अविरलले एरेन्ज गरेका हुन् ।

दिपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको सोही गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् । सोहि भिडियोमा रबिन्द्र प्रताप सेन र आशिष्मा नकर्मीको अभिनय रहेको छ । गायक बिरही कार्कीकै युट्युब च्यानलमार्फत केही दिन अगाडि सार्वजनिक भएको उक्त गीत दर्शक स्रोताको रोजाइमा परेको छ ।

स्वर्गीय आफ्नो आम फुलामायाँ कार्कीको सम्झनामा विभिन्न खालका मर्मस्पर्सी गीत बजारमा ल्याएर दर्शक स्रोताको मन जित्दै आएका गायक कार्कीले यसपटक पनि त्यस्तै मौलिक लोक संस्कृतिलाई जगेर्ना गर्ने खालको शब्द सृजना उक्त गीतमा समावेश गरेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्