Sunday 15th of December 2019

साथीले गाईको पुच्छरमा बाँधिदिदा एक वालकको ज्यान गयो

काठमाडाै । उदयपुरको कटारी नगरपालिका- ८ थलीयाटारमा एक बालकको गाईको पुच्छरमा बाँधिदा ज्यान गएको छ। गाईको पुच्छर र बालकको कम्मरमा डोरीले बाँधिएको अवस्थामा गाईले घिसार्दा मृत्यु भएको शो । कटारी- ८ लिलबहादुर मगरका ५ वर्षीय छोरा आयुस मगरको मृत्यु भएको हो ।

मगर शनिबार साथिहरुसँग गोठालो जाँदा घटना भएको उनका आफन्तले बताए। आफन्तले गोठालो गएको बेला उनका साथी १२ वर्षका दिवस मगरले आयुसको कम्मरमा डोरीले कसेर गाईको पुच्छरमा बाँधिदिएको आरोप लगाएका छन्। पुच्छरमा बाँधेपछि गाई तर्सेर भाग्दा घिसारेर आयुसको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यलय कटारिका प्रमुख धुर्वकुमार श्रेष्ठले बताए।

घटनामा मृत्यु भएका बालकको शब कानुनी प्रक्रिया पुरागरी परिवारलाई बुझाइसकिएको पनि श्रेष्ठले बताए। घटना गराउने भनिएका अर्का बालक दिवसलाई आवश्यक कारबाहीको लागि गाईघाटबाट आइतबार म्याद थप गरी कटारी ल्याइएको श्रेष्ठले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको पनि प्रमुख श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्