Monday 20th of May 2019

‘जात्रै जात्रा’को प्रदर्शन मिति तय

[mashshare]

काठमाडौं । प्रदिप भट्टराइद्धारा निर्देशित चलचित्र ‘जात्रै जात्रा’को प्रदर्शन मिति तय भएको छ । सफल चलचित्र ‘जात्रा’को सिक्वेलको रुपमा बनेको ‘जात्रै जात्रा’ आउदो वैशाख २७ गतेबाट रिलिज हुने चलचित्रका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाले जानकारी गराए ।

सुरुवातमा फागूण १७ गतेलाई प्रदर्शन मिति तय गरेको तर, चलचित्रका मुख्य नायक विपिन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि चलचित्रको छायांकन रोकीएको थियो । चलचित्रको छायांकन रोकीएका कारण प्रदर्शन मिति पनि प्रभावित भएको थियो ।

चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनिया मुख्य भूमिकामा छन् ।

चलचित्रमा नायक दयाहाङ राइलाई पनि विशेष अवतारमा देख्न सकिनेछ । यसैविच, चलचित्रमा समावेश ‘माया पिरिम’ बोलको गीत आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ । यो गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीको नृत्य हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्