Monday 20th of May 2019

निद्रा किन र कति आवश्यक

[mashshare]

एजेन्सी । ‘राति चाँडो सुत्छु, सुत्छु भन्दाभन्दै १२ बज्छ, बिहानी चाँडै उठ्छु भन्दा भन्दै ८ बज्छ।’

यो लाइन केही दिनअघि कसैको फेसबुक स्टेटसमा देखेको थिए। यथार्थमा हो पनि।

राति अबेरसम्म ननिदाउने आजकालको युवा पुस्तालाई बिहान उठ्न निकै गाह्रो पर्छ।

यसका सम्भावित कारण हुन्, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल, युट्युब, पब्जीजस्ता अनलाइन गेम हुन्।

कसरी बिग्रिरहेको छ, निद्राको तालिका?

२० औं शताब्दीमा विद्युत्को अनवेषणपछि, मानव जीवनको सम्बन्ध नै परिवर्तन भयो। विद्युतीय उपकरणसँगै मोबाइल प्रयोग पनि व्यापक रूपमा भएको छ। निद्राको तालमा जब हामी मोबाइल चलाउन थाल्छौं। तब उज्योलोका कारण मेलाटोनिन घट्न थाल्छ। यस कारण पनि मोबाइल लामो समय चलाउँदा निद्रा टुट्छ। यस कारण पनि, निद्रा अपुग हुन्छ वा भनौँ समयमा निद्रा पुग्दैन।

मोबाइलको ब्याट्री रोतो संकेत नपुगेसम्म नै मोबाइल चलाउने बानी हामीमध्ये धेरैको बसेको छ। अझ कतिपयले मोबाइलको ब्याट्री डाउन भएको अवस्थामा चार्ज गर्दै चलाउने पनि गरेको छ।

यी विषय सुन्दा निकै सामान्य लागे पनि सुनिए पनि असामान्य छन्। निद्रा मानवको जीवनको ठूलो पाटो हो। बढ्दो मोबाइल क्रेज यसको प्रमुख कारण रहेको छ। निद्रा र मोबाइल यी दुईको अन्तर सम्बन्ध र विज्ञान अर्कै छ।

कस्तो सम्बन्ध?

हाम्रो शरीरमा ‘मेलाटोनिस’ नामक हर्मोन हुन्छ। यो हर्मोन निद्रासँग सम्बन्धित रहेको छ। मेलाटोनिन एक प्रकारको निद्रालाई उत्पत्ति गराउने हर्मोन हो। मेलाटोनिनको सम्बन्ध निद्रा र अँध्यारोसँग डाइरेक्ट हुन्छ। मेलाटोनिनलाई आन्तरिक घडी पनि मान्ने गरिएको छ।

मोबाइलमा राखिने ‘अर्लाम क्लक’ जस्तै हाम्रो दिमागमा पनि आन्तरिक घडी हुन्छ। दिउँसभरको थकानसँगै ८ देखि १० बजे ‘म्याक्सिमम’ निद्रामा झुलिन्छौँ भने बिहान ६ बजे देखि ८ बजे सम्ममा निद्रा खुल्छ।

यस कारण हाम्रो मस्तिष्कभित्र भएको आन्तरिक घडी नै हो। यस कारण पनि कहिलेकाहीं एकदमै महत्त्वपूर्ण दिन वा अवसरमा हामी आर्लम राखे पनि हामी ‘अर्लाम’ बझ्नुअघि नै उठिसक्छौं।

मेलाटोनिनले मस्तिष्कमा शरीरलाई आराम आवश्यक परेको संकेत दिन्छ। संकेत दिएसँगै शरीर सुत्नका लागि तयार हुन्छ। अँध्यारो छाउँदै जाँदा मेलाटोनिनको ‘लेभल’ पनि बढ्दै जान्छ र रातको समयमा उच्च लेभलमा पुग्छ। जसका कारण राति निद्रा गहिरो लाग्छ।

बिहानको ३ बजेपछि भने यसको मात्र बिस्तारै घट्दै जान्छ। उज्यालो भएसँगै मेलाटोनिनको मात्रा हट्दै जान्छ। यस कारण पनि बिहान ४ देखि ६ बजेको अन्तरमा निद्रा छुट्न थाल्छ।

आवश्यक छ, सुपफिसियल स्पिल

रातको मिठो र गहिरो निद्राका लागि १० बजे सुत्नु अत्यावश्यक छ। मध्यरातमा एक घन्टाअघिको सुताई मध्यरातपछि २ घन्टा सुते बराबरको हुन्छ। यस कारण पनि १२ बजेभन्दा अघि सुत्नु निकै आवश्यक छ।

रातको ८ बजे देखि १२ बजे भित्र सुतिएको गहिरो निद्रालाई ‘सुपरफिसियल स्लिप’ भनिन्छ। ‘सुपरफिसियल स्पिल’ले दिनभरको थकानलाई ‘रिकभर’ गर्छ र हाम्रो शरीरलाई ‘रिचार्ज’ गर्छ।

एक सुन्दर, फ्रेस दिनको लागि पर्याप्त निद्राको आवश्यकता पर्छ। १२ बजे पछि, भने ‘सुपरफिसियल स्लिप’ घट्दै जान्छ।

२ बजे पछिको सुताइले भने शरीरमा रहेको ‘ग्रोथ हर्मोन’ र ‘लेप्टिन हर्मोन’को सक्रियता घट्दै जान्छ।

ग्राेथ हर्मोनले दिउसभरको थकानलाई रिकभर गर्छ र ‘लेप्टिन हर्मोन’ले शरीरमा रहेको फ्याटलाई हटाउन मद्दत गर्छ। यस कारण पनि, ढिला सुताइले यी हर्मोनको क्रियाशिलतामा बाध्क हुन्छ।

सोही समयमा, ‘र्कोटिसोल’ (एक प्रकारको स्ट्रेस हर्मोन)ले मस्तिष्कलाई निद्राबाट ब्युँझिने वा उठाउनका लागि संकेत गर्छ। ‘मेलाटोनिन’ को मात्रा घट्ने र ‘र्कोटिसोल’ सक्रिय हुने कारण प्राय : ४ देखि ६ बजेको बीचमा हाम्रो निद्रा खुल्ने गर्छ। बिहान ४ बजेपछि, सुत्दा ‘मेटाबोलिक डिअर्डर’, हर्मोन असन्तुलन, वजन बढ्न, मुटु सम्बन्धी रोग बढ्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्