Thursday 12th of December 2019

विद्यार्थी खोज्दै प्रहरी…

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेख १५ दिनदेखि दिनहुँ विद्यार्थी खोज्दै विद्यालय चाहार्दै हिँडेको छ । विद्यालय प्रशासनसँग समन्वय गर्दै दैलेख सदरमुकामभित्रका अधिकांश विद्यालयमा प्रहरीले कक्षा ८ र ९ मा अध्ययन विद्यार्थी र कक्षा ११–१२ मा अध्ययन गर्ने विद्यार्थीलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिन थालेको छ ।

विद्यार्थीलाई जम्मा गरेलगत्तै जिल्लाका प्रहरी प्रमुख, इलाका, प्रहरीचौकीबाट खटिएका सुरक्षा प्रमुखले लागुऔषध प्रयोगले हुने सामाजिक विकृति, बालविवाहले पार्ने सामाजिक असर, साइबर क्राइम, सडक सुरक्षाजस्ता विषयबारे जानकारी दिने गरेको छ । समाजमा हुने विभिन्न अपराधजन्य गतिविधिमा कसरी सहजै सूचना प्रहरी समक्ष पु¥याउनेबारेमा पनि प्रहरीले विद्यार्थीसँग छलफल गर्ने गरेको छ ।

फागुन महीनाको अवधिभरी दैलेखका १३० विद्यालयमा अभियान सक्ने उद्देश्यले प्रहरीका विभिन्न युनिटमा रहेका प्रमुख अहिले गाउँ÷गाउँका विद्यालयमा पुगेर विद्यार्थीसँग जनता र प्रहरीको भूमिकाका बारेमा जानकारी गराइएको थियो । अहिलेसम्म १०० स्थानमा अभियान सकिएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

समाजमा हुने विभिन्न हिंसा, लागुऔषध, बालअधिकार हनन्, मानवअधिकार हनन्, अपराध हुनसक्ने सम्भावित कारण, सामाजिक गतिविधि, प्रहरी र जनताको भूमिकाका बारेमा विद्यार्थीलाई जानकारी गराइएको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । “म आफै पनि धेरै ठाउँमा पुगेको छु”, पोखरेलले भने, “समाजमा हुने सबैखाले अपराधको बारेमा विद्यार्थीलाई जानकारी गराएपछि अपराध न्यूनीकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।”

दैलेखमा लागुऔषध प्रयोगमा युवा विद्यार्थी धेरै प्रयोग भएको कुरालाई यो अभियानले प्रभावकारिता ल्याउने अभिभावक बताउछन । दैलेखमा धेरै युवा चरणबद्ध रुपमा लागु औषधमा फस्दै गएकाले प्रहरीको यो अभियानले समाजमा हुने सबै खाले अपराध न्यूनीकरणसँगै मानवअधिकारको रक्षा हुने मानवअधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्