Thursday 27th of February 2020

पूर्वराजा ज्ञानेन्द्र उदयपुर जादैँ

उदयपुर । पुर्वराजा ज्ञानेन्द्र शाह शनिबार उदयपुर जादैँ छन् । मध्य तराईको भ्रमणमा निस्किएका पूर्वराजा शाह आज गाईघाट जान लागेका हुन् । पुर्वराजा शाहले गाईघाटको बोक्सेमा रहेको राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

राधाकृष्ण मन्दिर, भगवती मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्व-राजा शाहले पूजा-अर्चना गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिले जनाएको छ ।

उहाँले २ बजेपछि पूजापाठगर्ने कार्यक्रम रहेको छ । पूर्व-राजा शाह उदयपुरमा करिब २ घण्टासम्म रहने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्