Monday 20th of May 2019

नाम लम्बोदर, काम लोदरः आखिर फरार नै भए

[mashshare]

काठमाडौं । भक्तपुर चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् ।

गत साता अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपत विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो ।

कलेजको स्वामीत्व विवाद मिलाइदिने भन्दै अख्तियारका तत्कालीन आयुक्त पाठकलाई बुझाएको ७८ लाख घूस प्रकरणमा न्यौपानेमाथि अनुसन्धान भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्