Friday 17th of January 2020

कलंकी मालपोतमा मन्त्रीको अनुगमन

काठमाडौं । भूमिसुधारमन्त्री पद्मा अर्यालले आइतबार कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेकी छन् ।

कलंकी मालपोत कार्यालय डिजिटल प्रणालीमा लैजान हाल तयारी भइरहेको छ । तयारीका कामको अनुगमन गर्न मन्त्री अर्याल त्यहाँ पुगेकी हुन् ।

देशभरीका मालपोत र नापी कार्यालय डिजिटल बनाउने मन्त्रालयको तयारी छ । त्यसको सुरुवात कलंकी मालपोत कार्यालयबाट हुन लागेको छ ।

हाल कलंकी मालपोत कार्यालयमा पुराना दस्तावेजलाई स्क्यानिङ गरेर कम्युटरमा राख्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्