Tuesday 26th of March 2019

मेयरका छोरा र वडाअध्यक्षबीच प्रतिस्पर्धा

सिन्धुपाल्चोक । निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकको अधिवेशनमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङका छोरा छत्र तामाङ र वडानं २ का वडाअध्यक्ष दीपेन्द्र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

चैत ८ गते चौतारामा हुने अधिवेशनका लागि दुबैले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । जनप्रतिनिधि नै ठेक्कापट्टामा लागेको भनी आलोचना भइरहेका बेला मेयरका छोरा र वडाअध्यक्षबीच नै प्रतिस्पर्धा हुन लागेको हो ।

मेयर पुत्र छत्र तामाङले नेकपा समर्थित प्यानलबाट र वडा अध्यक्ष दीपेन्द्र थापाले कांग्रेस र राप्रपालगायतअन्य साना दलहरुको समर्थनमा उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्