Monday 20th of May 2019

पूर्वराजा शक्तिपीठ दर्शनमा व्यस्त

[mashshare]

सप्तरी । तराई–मधेश भम्रणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतवार) सप्तरी सदरमुकाम राजविराज गरेका छन ।
छिन्नमस्ता गाउँपालिका स्थित छिन्नमस्ता भगवति शक्तिपीठ दर्शनका लागि उनि सप्तरी पुगेका हुन । उनलाई जिल्लाभरबाट राजविराज स्थित शिव मन्दिर प्राङ्गणमा समर्थक तथा सर्वसाधारणले स्वागत गरेका छन् ।

राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र हुनुपर्ने भन्दै समर्थकले नारावाजी समेत गरेका थिए । उनलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा), राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित समर्थकको समुह राजविराज पुगेको थियो ।

आजै शक्तिपीठमा दर्शन गरि पूर्व राजा शाह फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्