Friday 23rd of August 2019

नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको गठन भव्यताका साथ सम्पन्न

दक्षिण कोरिया । दक्षिण कोरियाको छुनछ्न नाम्दो छनान सि सङ्ह्वान स्थित नामसौल विश्वविद्यालयमा आज एक कार्यक्रमका बिच नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको भव्यताका साथ गठन गरिएको छ ।

नामसौल विश्वविद्यालयको सभाहलमा मञ्चका केन्द्रिय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा. सृजना थापाको सभापतित्वमा बसेको बैठकले सो गठन गरेको हो ।

बैठकले पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रुपमा काम गर्दै आउनुका साथै कोरियामा डाक्टर डिग्री अध्ययनरत सन्तोष खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नव गठित कार्यसमितीको उपाध्यक्षमा राजकुमार तामाङ, महासचिवमा सत्य प्रकाश यादव, सचिवमा बेदनाथ आचार्य, कोषाध्यक्षमा प्रमिला बुढाथोकी र सदस्यहरुमा क्रमशः सुमन कार्की, शुभराज कडरिया, कान्ति खतिवडा, नवराज पाण्डे, शान्तिकला राइ, गंगा प्रजापति, तुलसी तिमिल्सिन र शिवकुमार कार्की रहेका छन् ।

नेपाल पत्रकार मञ्चको बारेमा संक्षेपमा प्रकाश पार्दै अध्यक्ष खड्काले भने( कोरियामा नेपालीले भोग्नु परेको समस्या र तिनको निकासका लागि हामी यहाँका पत्रकारहरु संग हातमा हात र काधमा काध मिलाएर अगाडी बढ्न तयार रहेको बताए ।

मन्तव्यका क्रममा मञ्चका केन्द्रिय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा. सृजना थापाले कोरियामा नेपालीको अवस्था र नेपालीले भोग्नु परेको समस्या र तिनका समाधानका लागि पत्रकारले खेल्नु पर्ने भुमिकाको बारेमा जानकारी गराएकी थिइन ।

कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उदघोषण नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाका महासचिव सत्य प्रकाश यादवले गरेका थिए ।

गठन कार्यक्रममा पत्रकार र विद्यार्थीहरुको भव्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्