Monday 22nd of April 2019

नेपाल पत्रकार मञ्चकाे क्यानडा र काेरीयामा नयाँ शाखा गठन

काठमाडौं । नेपाल पत्रकार मञ्चको क्यानडा र दक्षिण कोरीयामा मञ्चको शाखा गठन भएको छ । नेपाल पत्रकार मञ्चसँग आवद्ध क्यानडामा स्थायी वसोवास गर्ने पत्रकारहरुको एक भेलाले पत्रकार श्रीकृष्ण फुयालको अध्यक्षतामा शाखा गठन भएको हो ।

शाखा गठन गर्दा नेपाल पत्रकार मञ्चका केन्दिय सदस्य लक्ष्मण पन्थीको उपस्थितिमा शाखा गठन भएको हो । शाखाका उपाध्यक्षमा रामकृष्ण रेग्मी, सचिबमा हेम बहादुर थापा, कोषाध्यक्षमा दिपेन्द्र मैनाल र सदस्यमा पार्वती पौडेल रहेको शाखाका अध्यक्ष श्रीकृष्ण फुयाँलले जनाएका हुन । कार्यक्रम
एभरेस्ट तेकेन्दो एकेडेमी, ओन्टारियो, तोरोन्टो क्यानडामा भएको हो ।
त्यसैगरि दक्षिण कोरियामा पनि नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको गठन भएको छ । दक्षिण कोरियाको छुनछ्न नाम्दो छनान सि सङ्ह्वान स्थित नामसौल विश्वविद्यालयमा एक कार्यक्रमका वीच नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको हो ।

नामसौल विश्वविद्यालयको सभाहलमा मञ्चका केन्द्रिय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा। सृजना थापाको सभापतित्वमा बसेको बैठकले सन्तोष खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

नव गठित कार्यसमितीको उपाध्यक्षमा राजकुमार तामाङ, महासचिवमा सत्य प्रकाश यादव, सचिवमा बेदनाथ आचार्य, कोषाध्यक्षमा प्रमिला बुढाथोकी र सदस्यहरुमा क्रमशः सुमन कार्की, शुभराज कडरिया, कान्ति खतिवडा, नवराज पाण्डे, शान्तिकला राइ, गंगा प्रजापति, तुलसी तिमिल्सिन र शिवकुमार कार्की रहेका छन् ।
यी दुई शाखालाई नेपाल पत्रका मञ्चको केन्दिय समितिको बैठकले अनुमोदन समेत गरेको नेपाल पत्रकार मञ्चका महासचिव विमलकुमार थापाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्