Tuesday 10th of December 2019

त्रिशुलीमा ट्रक खस्यो, एकको मृत्यु, ४ घाइते

काठमाडौं । काठमाडौं बाट नारायणगढ जाँदै गरेको ट्रक त्रिशुलीमा खसेको छ । मंगलबार बिहान काठमाडौंबाट नारायणघाट तर्फ जाँदै गरेको ना ६ ख १४३ नम्बरको ट्रक कालिखोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक जनाको मृत्यु भएको छ भने, चारजना गम्भीर घाइते भएका छन् । प्रहरीद्वारा उद्धार कार्य जारी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्