Monday 27th of January 2020

काँभ्रेमा प्रहरी-विप्लव समूह भिडन्तः सेकेण्डले बाँचेर भागे हेमन्तप्रकाश ओली

काठमाडाैं । प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच काभ्रोको रोशी गाउँपालिकामा गएराति भिडन्त भएको छ ।

विप्लवका नेता हेमन्तप्रकाश ओली लुकेर बसेको सूचनाका आधारमा पक्राउ गर्न काठमाण्डुबाट गएको महानगरीय प्रहरी अपराध महाशाखाबाट गएको प्रहरी टोली र विप्लव समूहबीच भिडन्त भएको हो । प्रहरीलाई लक्षित गरी फायरिङ भएपछि प्रहरीले जवाफी कारबाही गरेको हो । महाशाखाका एसपी केदार ढकालले राति अबेरसम्म घटनाबारे विस्तृत जानकारी नआएको बताए । उनका अनुसार घटनामा प्रहरीतर्फ कुनै क्षति भएको छैन ।

विप्लव समूहको गतिविधिबारे सूचना आएपछि महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर डिएसपी रुगम कुँवर नेतृत्वको टोली रोषी पुगेको थियो । स्रोतका अनुसार घटनास्थल नजिकै रहेका विप्लव समूहका स्थायी समिति सदस्य एवं मध्य क्षेत्रका इन्चार्ज ओली भाग्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्