Sunday 19th of May 2019

आईपीएल आजदेखि सूरु, पहिलो खेलमा चेन्नई र बैंगलोर भिड्दै

[mashshare]

एजेन्सी । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि भारतमा सुरु हुँदैछ । भारतको विभिन्न ठाँउमा खेलिने आईपीएलको उद्घाटन चेन्नईमा आज (शनिबार) साँझ ८ः१५ बजेबाट सुरु हुनेछ ।

आईपीएलको उद्घाटन खेल साविक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुने भएको छ । चेन्नईको कप्तानमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी छन् भने बैंगलोरको कप्तानमा भारतीय कप्तान विराट कोहली रहेका छन् ।

आईपीएलमा चेन्नई सुपर किंग्स, सनराईजर्स हैदरावाद, रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजेस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कोलकता नाइटराइडर्स र मुम्बई इन्डियन्सबीच डबल राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । लिगको शीर्ष चार टोलीले प्ले अफ खेल्नेछन् ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आइतबार मुम्बई इन्डियन्ससँग पहिलो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्