Sunday 19th of May 2019

टाटासुमोको ठक्करबाट दुईको मृत्यु

[mashshare]

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका ७ स्थित लेटाङ मोडपूर्वमा टाटासुमोको ठक्करबाट दुईको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा झापा अर्जुनधारा–४ बस्ने ४७ वर्षीय रामकुमार अछामी र झापाकै गौरादहका ४५ वर्षीय प्रकाश मगर रहेका छन् । मगरको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट पूर्व जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कण्टेनरलाई ओभरटेक गर्ने क्रममा सोही दिशामा जाँदै गरेको बा ११च ७९४८ नम्बरको टाटासुमोले ठक्कर दिँदा दुर्घटना भएको भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका ५५ वर्षीय दुर्गा मगर र १४ वर्षीया पवित्रा मगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ।

टाटासुमोमा ८ जना सवार रहेको प्रहरीको भनाइ छ । दुवै सवारीका सकुशल रहेको र अन्य सामान्य घाइतेहरु उपचार गरेर घर फर्किसकेको बताइएको छ । दुर्घटनामा परेका सवारी र सवारी चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्