Saturday 21st of September 2019

राजपाद्वारा फेरि संसद अवरुद्ध

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आइतबारको संसद बैठक पनि अवरुद्ध गरेको छ ।

मधेस आन्दोलन लगायतका आन्दोलनमा भएको घटनाको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध पारेको हो ।

राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले पटक पटक आश्वासन दिए पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेकाले आजको संसद बैठक पनि अवरुद्ध गर्ने बताए ।

लगत्तै राजपा सांसदहरु सिटबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका छन् ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले पटक पटक संसद अवरुद्ध गर्दै आएका छन् । सरकारले पटक पटक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाए पनि सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्