Sunday 23rd of February 2020

वयस्क पुरुषले एक रातमा कति पटक यौनसम्पर्क गर्न सक्छ ? जानी राखौ

पछिल्लो समय विश्वमा यौन सम्बन्धी कयौं शीर्षकमा रिसर्च हुन थालेका छन् । सेक्सका मामिलामा जानकार तथा विज्ञहहरुले सर्वसाधरणहरुसँग धारण बुझेर बिभिन्न तथ्यहरु सार्वजनिक गर्ने गरेका छन् ।

विज्ञहरुको अनुमानलाई हेर्ने हो भने एक वयस्क पुरुषले एक रातमा कति पटक सम्म सेक्स गर्न सक्छन् भन्ने अझै पनि एकिन भन्न सकिन्न । तर, यौन सम्पर्कलाई खानपानले पनि असर गर्ने हुँदा ठ्याक्कै यति नै पटक हुन्छ भन्ने हुँदैन ।

औषतमा भन्ने हो भने एक रातमा ४ पटकसम्म राम्रो यौन सम्पर्क हुन सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।एक स्वस्थ तथा वयस्क पुरुषले यौनको चरम सुखानुभोगको आधार मा उसको यौनको मात्रा तथा गन्ति गर्न सकिन्छ ।

पुरुषहरु मदिरा सेवन गरेको अवस्थामा यो अवस्था दोहो¥याउने गरेको पाइन्छ ।अन्य अवस्थामा यो मात्रा कति हुन्छ त अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्डकोषलाई स्पर्श गर्नाले र सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्छन् ।

किन पुरूषमा भन्दा महिलामा सेक्स चहाना बढि हुन्छ ?

पुरुषले सेक्सका बारेमा धेरै कुरा गर्छन् भने महिलाले सेक्सको चाहना धेरै राख्छन् ।यसको कारण तल दिइएको छः

१. यसले शारिरिक सन्तुष्टि प्रदान गर्छः

सेक्सप्रति एडिक्टेड हुनुमा यसको नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

२. आफ्नो बारेमा राम्रो कुराहरु सोच्नुः

साधारणतया, राम्रो सेक्स भनेको तपाईं दुबैजना निकै आनन्द लिइरहनु भएको छ र दुबैजना संलग्न भइरहनुभएको छ भनेर बुझिन्छ । यसले तपाईंलाई आफ्नो बारेमा राम्रो कुराहरु सोच्न मद्दत गर्छ र आत्मबिश्वास बढाउँछ ।

एकजना गृहिणीका अनुसार, ‘दिनभरीको काम पछि जब मेरो श्रीमान् अफिसबाट फर्कनुहुन्छ, तब हामी एकअर्कासँग गोप्य समय बिताउछौँ । यसले मेरो आत्मबिश्वास बढाउन सहयोग गर्छ । आफ्नो श्रीमान्लाई सन्तुष्ट पार्न सकेकोमा निकै खुसी हुन्छु । केहि काम गर्नको लागि यसले प्रेरणादायी भूमिका पनि खेलेको हुन्छ ।’

३. आफ्नो पुरुषसँग नजिक ल्याउँछः

शरिरिक सामिप्यताले अक्सिटोसिन हर्मोन निकाल्छ जसलाई लभ हर्मोन पनि भनिन्छ ।रिलेसनसिप एक्सपर्ट बन्धना मित्राका अनुसार सेक्सलाई जोडिहरुले कहिले पनि क्याजुअल्ली लिनु हुँदैन ।

सम्बन्धलाई टिकाइरहन र दिगो राख्नाका लागि यसले बलियो भूमिका खेलेको हुन्छ । आफ्नो पार्टनरसँग धेरै पटक सेक्स गर्नाले सम्बन्ध बलियो र दिगो हुने कुरा साँचो हो ।

४. नचाहिने इमोसन हटाउँछ, तनाव घटाउँछः

सेक्स शरिरले चाहने तत्व मात्र नभई शरिरलाई सजिलो महसुस गराउने र रिल्याक्स प्रदान गर्न मद्दत गर्दछ । सेक्सका दौरान निस्कने गहिरो श्वास, छुवाई र हर्मोनहरुले तनावबाट मुक्ति दिलाउँछ ।

५. व्यायामको राम्रो रुपः

तीस मिनेटको सेक्सले ८५ भन्दा बढि क्यालोरी नष्ट गर्न मद्दत गर्छ । हामीले धेरै पटक सेक्सले क्यालोरी नष्ट गर्ने कुरा पढिसकेका छौँ र यो कुरा पुष्टि पनि भइसकेको छ ।

‘म तिम्रो श्रीमानकी प्रेमिका हुँ तर ऊ धोकेबाज होइन’ भन्नेलाई श्रीमतीको जवाफ

सम्बन्ध निकै नाजुक हुन्छ । एकपटक सम्बन्ध टुट्यो भने त्यसलाई पहिलेकै अवस्थामा फर्काउन निकै गाह्रो हुन्छ । सम्बन्ध टुट्दा सबैभन्दा दुःख लाग्छ तर त्यो फिर्ता पाउँदा सबैभन्दा कम खुसी लाग्छ ।

पढ्नुहोस्, एक यस्तै विवाहित महिलाको कहानी जसका श्रीमानको कुनै अन्य महिलासँग प्रेम छ तर महिलालाई न त आफ्ना श्रीमानसँग रिस छ न नै उसकी प्रेमिकासँग । ‘द गार्जियन’ मा छापिएको महिलाले आफ्ना श्रीमानकी प्रेमिकालाई लेखेको चिट्ठी यस्तो छः

प्रेमीकी श्रीमतीले तिमीलाई चिट्ठी पठाएको भन्दा नौलो नलाग्ला । यो स्पष्ट छ कि तिम्रो संसारमा मेरो कुनै अस्तित्व छैन विशेषगरी अहिलेका लागि त पक्कै छैन । तिमीलाई थाहै होला कि कसैले उसको छोरोलाई जन्म दिएको छ । तिम्रो हिसाबले त सायद म मरिसकेकी छु ।

म मरेकी छैन । हामी सँगै बस्छौं, केही समयका लागि मात्रै भएपनि । हामी अहिले पनि एउटै बेडमा सुत्छौं (यद्यपी, तिम्रो बारेमा थाहा पाएपछि अवस्था फेरिएको छ )

म उसलाई नयाँ फोन चलाउन मद्दत गरिरहेकी थिएँ (उसलाई प्रविधीबारे खासै ज्ञान छैन) त्यतिबेला तिम्रो इमोजी र किससहितको मेसेज पप अप भयो । तिम्रो मोबाइल नम्बरमार्फत् तिम्रो सोसल मिडिया प्रोफाइल पाउन निकै सजिलो भयो । इलेक्टोरल रोलमार्फत् तिम्रो ठेगाना पाएँ । तिमी तिम्रो आमाबुवासँग बस्छौ, उसको अफिसबाट लगभग दुई माइल पर । मैले त्यसअघि कहिले पनि उसको फोनको खोजतलास गर्दिनथेँ । यसो गर्नुपर्ने कारण पनि देख्दिनथेँ । तिमीहरु दुईजनाबीचको कुराकानी लुकेर हेर्दा म अहिले पनि आफूलाई अपराधी महसुस गर्छु ।

मलाई तिमीसँग कुनै रिस छैन । तिमी निकै जवान र राम्री देखिन्छौ । म आफ्ना श्रीमानसँग पनि रिसाएकी छैन । ऊ निकै बिरामी छ ।

थुप्रै वर्षसम्म मैले उसलाई डिप्रेशनसँग लड्न मद्दत गरेँ । ऊ आफ्नो रोग स्विकार्न तयारै थिएन न उपचार नै गराउन चाहन्थे ।

मैले उसको कुरा सुनेर घण्टौं बिताएकी छु । उसको सफलताको बाटोमा जोसुकै आएपछि उसले त्यसलाई नष्ट गरिदिने बताउँथ्यो । मैले उसलाई व्यापारमा असफल भएका बेला, घर र जागिर परिवर्तन गर्ने बेला, हरेक पाइलामा समर्थन गरेँ । मैले उसलाई खुसी बनाउनका लागि आफ्नो जीवनको पनि पर्वाह गरिनँ । तर मैले उसलाई खुसी राख्न नसकेकी रैछु भनेर थाहा पाउन यत्तिका वर्ष लाग्यो । तिमी पनि यसो गर्न सक्षम हुने छैनौ ।

जबदेखि मलाई तिमीबारे थाहा भयो म उसलाई शंका गर्न थालेकी छु । अब म उसलाई प्रश्न सोध्न थालेकी छु र म उसले झुट बोलिरहेको हेर्छु । ऊ कति सजिलै झुटो बोल्न सक्छ, मलाई यो देखेर अचम्म लाग्छ । मलाई साथीहरुले पहिलेदेखि नै उसले झुटो बोल्ने गरेको बारे बताउँथे – आफ्नो उमेर, पूर्व श्रीमती, वयस्क छोरा र आफ्नो सैनिकको जागिर बारे पनि ।

तिमीलाई लाग्न सक्छ कि ऊ ‘हिरोइक सिंगल ड्याड’ हुन् जसले आफ्नो करियरका बीच सन्तानको उत्कृष्ट हेरबिचार गरिरहेको छ । तिमीलाई लाग्छ होला कि उसलाई कामको अत्यधिक बोझ छ । उसले तिम्रो खाना र होटलको बिल चुकाउनका लागि एउटा गोप्य क्रेडिट कार्ड राखेको छ जबकी मैले क्रिसमस मनाउन इबेमा सामान बेचेँ ।

के ऊ साँच्चैको बिरामी हो वा ऊ केवल एक कलाकार हो । हुन त म जुन व्यक्तिलाई प्रेम गर्दथेँ, उसको अस्तित्व नै सिद्धिसकेको छ । मलाई आशा छ तिम्रो आँखा मेरोभन्दा चाँडै खुल्नेछन् । आशा गर्छु उसको वास्तविकताले तिम्रो मन टुट्ने छैन । तिमीले आफ्नो सपनाको राजकुमार चाँडै नै पाउनेछौ भन्ने अपेक्षा गर्छु ।

‘म तिम्रो श्रीमानकी प्रेमिका हुँ तर ऊ धोकेबाज होइन’

भनिन्छ, प्रेम अन्धो हुन्छ तर सधैं होइन । धेरैजसो अवस्थामा व्यक्ति प्रेममा परेपछि पनि आफ्नो जिम्मेवारी र परिवारलाई छोड्न सक्दैनन् । एक महिलाले आफ्नो यस्तै कहानी ‘द गार्जियन’ सँग सेयर गरेकी छिन् । एक विवाहित व्यक्तिकी प्रेमिकाले उनकी श्रीमतीलाई लेखेको पत्र यस्तो छः

मलाई थाहा छ, तिम्रो अस्तित्व छ । तिमी उसको नाम, उसको बच्चा, उसको घर र उसको सार्वजनिक जीवनकी साझेदार हौ जबकी म केही चोरिएको पल बाँच्छु सायद जसको कुनै अस्तित्व नै छैन । म उसको सोच, उसको सपना र उसको भावना साझा गर्छु, त्यो सबै कुरासँग अवगत छु जुन ती व्यक्तिको मनमा छ तर म त्यो सबैकुरा गर्न सक्दिनँ जुन उसको सार्वजनिक जीवनसँग सम्बन्धित थियो ।

तिमीहरुको विवाह भएको २० वर्ष बढी भइसकेको छ । तिमीहरुले विभिन्न नीजि र पारिवारिक उद्देश्य हाँसिल गरिसकेका होलाऊ । सँगै घर व्यवहार चलाउनु, आफ्ना सबैभन्दा प्रिय बच्चाहरुलाई प्रेम गर्नुलगायतका अन्य विभिन्न कुराहरु…. तर केही कारणले वर्षौं अघि तिम्रो ती व्यक्तिका लागि प्रेम समाप्त भइसकेको छ ।

तिमी सायद आफ्नो लागि सोचिएको जीवन बाँचिरहेकी छौ होला तर प्रेम नै नभएको सम्बन्धमा के तिमी खुसी छौ ?

के तिमी उसलाई प्रेम गर्छौ ? के उसले प्रेम पाएको भए म भएठाउँ आउँथ्यो होला, के उसलाई मेरो आवश्यकता पर्दथ्यो ? म तिमीलाई दोष दिइरहेकी छैन तर तिमीले सायद उसलाई प्रेम गर्न छोडिदिएकी छौ । तर तिमी देखाउनकै लागि एक प्रेमविहिन विवाहलाई किन निभाइरहेकी छौ ?

मैले तिम्रो श्रीमानसँगको सम्बन्ध तोडिसकेकी छु किनभने म गोप्य सम्बन्ध अघि बढाउँदा आजित भइसकेकी छु । ऊ आफ्नो सन्तानलाई आहत पुर्याउन चाहँदैनथ्यो र यस्तो नगरी हामी कसरी सँगै अघि बढ्न सक्छौं भन्ने प्रश्नको जवाफ खोजिरहन्थ्यौं ।

जो व्यक्तिलाई म माया गर्दथेँ उसले आफ्नो जीवन टुक्रामा बाँच्नुपर्छ भन्ने कुरा सोचेरै म दुःखी हुन्थेँ । मैले कुनै निकासा देखिरहेको थिइनँ न नै उसले । उसले कुनै पनि स्थितीमा आफ्नो बच्चा गुमाउन चाहँदैनथ्यो । उसले मसँगको बिछोड सहन सक्थ्यो, बच्चासँग सक्दैनथ्यो ।

तिमी उसलाई त्यो प्रेम किन दिन सक्दिनौं जुन उसलाई आवश्यक छ ? ती उसलाई त्यो साथ र हेरबिचार किन दिन सकिरहेकी छैनौं जुन प्रेम गरेपछि पाइन्छ ।

म तिमीलाई ती व्यक्तिलाई छोड्न भनिरहेकी छैन । मात्र यो भन्न चाहन्छु कि तिमी उसलाई बुझ र प्रेम गर र उसलाई पनि आफैंलाई बुझ्ने र प्रेम गर्न देउ । तिमीहरुको विवाह नामको मात्र नरहोस् ।

मलाई केही पनि भन्ने अधिकार त छैन किनभने मलाई यो कहानीको एउटा पाटो मात्र थाहा छ । तर म जुन व्यक्तिलाई चिन्छु, उसले यदि प्रेम पाएको भए ऊ कहिले पनि म भए ठाउँ आउँदैनथ्यो । उसले अहिले पनि तिमीलाई नै रोज्छ किनभने उसले तिमीलाई आफ्नो जिम्मेवारी ठान्छ तर उसलाई प्रेमको कमी महसुस हुन्छ ।

तिमीहरुको विवाहमा प्रेम कहिले समाप्त भयो र किन ? तिम्रो श्रीमानबारे मलाई जति थाहा छ, उसले कहिले पनि धोका दिन सक्दैन । ऊ त्यस्तो प्रकृतिको व्यक्ति नै होइन । एक विवाहित पुरुषकी प्रेमिका भएको नाताले, जसले इमान्दारिता माग्ने कुनै अधिकार छैन, तरपछि ऊ इमान्दार थिए र मैले आशा गरेभन्दा एक कदम अघि बढेर मलाई सुरक्षित महसुस गराउँथ्यो । तिमीले उसको इमान्दारीता कसरी गुम्न दियौ ?

बुवा र आमाले यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु, तर…

बुवा र आमा यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति नराम्रो छाप बसेको छ । यसले गर्दा मलाई दिक्दार लाग्न थालेको छ । यो परिस्थितिमा म कसरी सफलता हासिल गर्नसक्छु ?

कतिपय परिवारमा अभिभावकहरु बीचको यस्तो यौन क्रियाकलापका गतिविधिहरु भएका हुन्छन र कतिपय छोराछोरीहरुले थाहा पाएका हुन्छन् । यो एक किसिमको खुल्ला गोपनीयता जस्तै हुने गरेको धेरै बालबालिकाले आफ्ना मिल्ने साथीहरुसँग गुनासो गरेको हुन्छन् ।

त्यस्तो अनुभव गरेको प्राय छोराछोरीहरुले यसलाई समान्य रुपमा नै लिएका हुन्छन् । तरपनि सबै बालबालिकाले अभिभावकहरुको यस्तो व्यवहार समान्य रुपमा स्वीकार्न सकेका हुदैनन ।

छोराछोरीहरु जो किशोरअवस्थामा पुग्न थाल्दछन, उनिहरुको शारीरिक मानसिक र संवेगात्मक परिवर्तनहरू तीव्र गतिले भइरहेको हुन्छ । सम्झनुहोस् त तपाई आजभन्दा २–४ वर्ष अघि कस्तो हुनुहुन्थ्यो ? शरीर सानो थियो होला । महिनावारी भर्खर शुरु भएको थियो होला । स्तन दुख्ने र विस्तै त्यो स्तन बढ्दै जान थाल्यो होला ।

यी परिवर्तहरू सँगै तपाईमा यौन आकर्षण वा यौन प्रतिको रुचि र त्यसलाई नजिकबाट नियालेर हेर्न खोज्ने स्वभाव विकास भएको हुनुपर्दछ । त्यसैले, तपाईले बाबा ममीले गरेको यौन क्रियाकलापको हेक्का राख्न थाल्नुभयो ।

अभिभावकहरुले यौनसम्पर्क गरेको थाहा पाउँदा तपाईलाई उहाँहरू प्रति घृणाभाव विकास हुनु पनि तपाईमा हुर्कदै गरेको यौन भावना र चाहानाको उपज हो । यसमा तपाईले दिक्क वा अप्ठयारो मान्नु भन्दापनि सहज र सामान्य रूपमा लिनु पर्छ । विर्सनु नहुने कुरा के भने तपाई हामी यदि हाम्रा आमबुबाले यौन सम्पर्क नगरेको भए जन्मिने नै थिएनौ ।

त्यसैले, स्वीकार्न पर्ने कुरा के हो भने जसका पनि आमाबुबाले यौनसम्पर्क गर्छन । बरु उनीहरूको यौन सम्पर्कलाई गोप्य राख्न र सहज बनाइदिन तपाईले गर्न सक्नेसम्मको मद्दत गर्नुपर्छ ।

नरिसाइकन अनुकुल वातावरण भएको समयमा राम्रोसँग कुरा गर्न सक्नुहुन्छ, छोरीले ममीसँग र छोराले बाबासँग कुरा गर्न कुनै अप्ठ्यारो मान्न पर्दैन । यौनका बारेमा खुलेर कुरा नगर्दा त्यसले सधैं नराम्रो असर पारिरहेको हुन्छ ।

बाबाममीको यौन कृयाकलापहरु तपाईले थाहा पाएको छैन भन्ने लागेको हुनसक्छ वा यदि थाहा पाएको छ भन्ने लागेको भएपनि तपाईले आफुलाई उहाँहरुको कृयाकलापका कारणले परेको समस्या यथार्थमा स्पष्टसँग भन्दा राम्रो हुन्छ किनकि कसरी गोपनीयता कायम गर्ने भन्ने उहाँहरु बीच पनि कुराकानी हुनपाउँछ ।

कुरा रह्यो तपाइलाई बुवाआमाको यौनसम्पर्कले गर्दा दिक्क लागेको कुरा, यो दिक्क मान्न पर्ने कुरा होइन । किनकि समाजले यसलाई लाजसरमको विषयबस्तुको रुपमा लिएको हुनाले हामीलाई पनि त्यसको प्रभाव परेको हो ।

यौन र यौनिकताका बारेमा हामीले कहिल्यै पनि सही जानाकारी नपाएको कारण र अझ त्यससम्बन्धी भ्रमहरु धेरै भएकाले दिक्क लागेको मात्र हो । श्रीमान श्रीमती बीचमा यौनसम्पर्क हुनु सामान्य कुरा हो । त्यसको समाधानको उपाय तपाईसँग मात्रै छ जुन अत्यान्तै सहज तरिकाले समाधान गर्नसक्नु हुन्छ ।

श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो…, उनलाई भेट्न मात्र गएकी थिएँ तर यौनसम्बन्ध भयो !

प्रश्न:>>>>>>>
म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया/प्रेम के हो थाहा थिएन। बहकाउमा आएर गाउँकै विवाहित पुरुषसँग हेलमेल भयो र माया/प्रीति बस्यो । उनीसँग शारीरिक सम्बन्ध राखेपछि मलाई गलत गरें भन्ने लाग्यो अनि त्यो घरमा बस्नु उचित लागेन । मैले आफ्नो घर छाडें र सम्बन्ध-विच्छेद गरे ।

जोसँग सम्पर्क भयो, उनी विवाहित भएकाले उनको घर जानु पनि उपयुक्त लागेन । माइती जाने प्रश्न नै भएन । मैले यी सबै बेहोरा अवगत गराएर श्रीमानलाई पत्र लेखें र यथार्थ कुरा बताएँ । अहिले म काठमाडौंमा तरकारी बेचेर जीविका चलाउँदैछु । केही समययता मेरा श्रीमान काठमाडौंमै व्यापार गरेर बसेका छन् । बेला/बेलामा उनको र मेरो भेट हुन्छ। उनले गाउँमा दोस्रो विवाह गरेका छन्। यति हुँदाहुँदै पनि उनी मसँग असल व्यवहार गर्छन्, दुःख(सुख सोध्छन् र विवाह किन नगरेको भनेर सम्झाउँछन्। एक्लै बस्नुभन्दा मेरै डेरामा मसँगै बस भनेर कर गर्छन्। एक दिन म उनलाई भेट्न मात्र गएकी थिएँ, तर हामीबीच यौनसम्बन्ध भयो। यस्तो कुराले म बिलखबन्द र पश्चातापमा परेकी छु। उनको डेरा गएर सधैंका लागि बसौं, म जुठी भैसकें। नबसौं, उनको अनादर गरेजस्तो हुन्छ, द्विविधा र तनावमा छु। अब म के गरौं ?

उत्तर: >>>>>>
तपाईंकै जस्ता घटना थुप्रै मानिसले भोग्दै आएका छन। तपाईं मात्र द्विविधा र तनावमा पर्ने एक्लो हुनुहुन्न। विगतका घटनाले तपाईंलाई पटक(पटक घचघच्याइरहन्छ, यो स्वाभाविक हो। तपाइर्ंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहिँ महत्त्वपूर्ण हो। मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदमअघि बढ्नु हो। त्यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने द्विविधा र तनावबाट बच्न सकिन्छ। त्यसैले विगतका घटनालाई शिक्षाका रूपमा ग्रहण गरी बाँकी जीवनलाई सुख एवं सन्तोषमय बनाउनु उपयुक्त हुन्छ। घटना दोहोर्‍याइरह्यो भने समस्या बढ्दै जान्छ।

श्रीमान्सँग अलग भएपछि वा सम्बन्धविच्छेदपछि हुने यौनसम्बन्धका बारेमा धेरै लेख प्रकाशित भएका छन्। धेरैले अलग भएपछिको यौनसम्बन्धलाई गलत एवं अस्वस्थकर मान्छन्। मनोविज्ञानका हिसाबमा भने पुनः यौन सम्बन्ध राख्ने कुरा महत्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा सम्बन्ध कहाँबाट किन बिग्रियो र त्यसलाई कसरी मिलाउने भन्ने हो।

यदि यस्ता कुरा मिलाउन सकियो भने भविष्यको जीवन सुखद हुन्छ, मिलाउन सकिएन भने समस्या अझ बल्झँदै जान्छ। त्यसैले मनोविज्ञानले विगतको कुरा थाहा पाउने तर त्यो घटनाबाटै समस्याको समाधान निकाल्ने कुरामा विश्वास गर्छ। तपाईंको जस्तै समस्या संसारभरि घटिरहेका छन्। यस्ता धेरै घटनामा मनोवैज्ञानिकहरू विभिन्न अनुसन्धान गरिरहेका छन्।

भर्खरै जर्नल अफ सोसिएल साइन्स इन्ड साइकोलोजीले एउटा रोचक तथ्य उजागर गरेको छ। कम्तीमा पनि १३ वर्ष सँगै बसेका र ४ महिनाअघि छुट्टएिका जोडीहरूमा एउटा अनुसन्धान गरिएको थियो। अनुसन्धानमा उल्लेख गरिएअनुसार ८२ प्रतिशत जोडीले अझै पनि सम्बन्धबिच्छेद भएका श्रीमान्(श्रीमतीसँग भेटघाट हुने र २१ प्रतिशतले अझै पनि यौन सम्बन्ध हुने गरेको बताए।

यसरी हेर्दा श्रीमानसँग अलग भएपछि हुने यौन सम्बन्ध तनावयुक्त नै हुन्छ भन्न सकिँदैन। यस्तो सम्बन्धलाई हरेक व्यक्तिले कसरी लिएका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। जसले सम्बन्धविच्छेदलाई सहजै स्वीकार गरेको थियो, त्यस्तो व्यक्तिलाई पछि हुने यौन सम्बन्धले ग्लानि गराउँछ तर जसले सम्बन्ध(विच्छेद होस् भनेर चाहेको थिएन उसलाई भने ग्लानि हुँदैन।

हरेक जोडीको सम्बन्ध(विच्छेदपछि हुने यौनसम्बन्ध तनावमय हुन्छ कि हुँदैन भनेर निक्र्योल गर्नुभन्दा तपाईंलाई तपाईंको पूर्वश्रीमान्सँगको यौनसम्बन्ध कस्तो महसुस हुन्छ त्यसलाई आफैंले विचार गर्नु आवश्यक छ। माथि भनिएजस्तो मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्ने साहस देखाउनासाथ समाधानतर्फ अघि बढेको मान्न सकिन्छ। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने बाँकी जीवनलाई सार्थक बनाउन ठोस सहयोग पुग्छ।

तपाईंको मुख्य समस्या के हो भने तपाईं एक्लो हुनुहुन्छ तर तपाईंका पूर्वश्रीमान् विवाहित हुनुहुन्छ। तपाईं आफ्ना विगतका घटनाबाट दुःखी भएकाले श्रीमान्सँग पूर्ववत् सम्बन्ध राख्न चाहनुहुन्छ। एएनजी, समय धेरै बितिसकेपछि कुनै पनि सम्बन्ध पहिलेझैं रहँदैन। त्यसैले यो सम्बन्ध कस्तो हो भनेर आफ्ना पूर्वश्रीमान्सँग छलफल गर्नुहोस्।

छलफल गर्दा कुनै न कुनै निष्कर्ष अवश्य निस्कन्छ। निस्कन नसके तपाईंले यस्ता पश्चातापबाट बच्न मनोविद्हरूसँग सम्पर्क गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्