Monday 20th of January 2020

अनमोललाई बलिउड फिल्मको अफर

काठमाडौँ । अभिनेता अनमोल केसीलाई एक बलिउड फिल्मको अफर भएको छ ।

स्रोतका अनुसार फिल्म ‘द म्यान फ्रम काठमाडौं’का निर्देशक पेमा धोन्डुप अब बलिउड फिल्म निर्देशन गर्ने तयारीमा छन् । उक्त फिल्म उनले अनमोललाई अफर गरेका छन् ।

अनमोल फिल्म गर्न राजी भएमा निर्देशक पेमा उनको अपोजिटमा बलिउड अभिनेत्री जान्हवी कपूरलाई लिने भएका छन । स्रोतका अनुसार फिल्मको लागत १० करोड आसपास हुने छ भने हाल फिल्मको स्क्रिप्टमा काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्