Tuesday 17th of September 2019

विप्लबलाई अर्को ठुलो धक्का,धमाधम नेता र कार्यकर्ता पक्राउ

कावासोती । प्रतिबन्धित नेकपा विप्लव समुहका जिल्ला कार्यकर्ता धनबहादुर मर्दनिया पक्राउ परेका छन् ।

विप्लब नेतृत्वको नेकपाविरुद्व निगरानी बढाएको भनेर प्रहरी भनेकै दिन सोमबार राति मर्दनिया पक्राउ परेका हुन् ।

प्रहरीले सोमबार मात्रै पत्रकारहरुसंको भेटघाट कार्यक्रममा विप्लब नेतृत्वको नेकपाविरुद्व निगरानी बढाईएको बताएको थियो । स्थानीयका अनुसार मर्दनियालाई उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कावासोती नवलपुरमा राखेको छ । उनीबारे थप अनुसन्धान भैरहेको र यसवारे पत्रकारहरुलाई थप जानकारी गराउने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता अर्जुन रानाभाटले बताए ।

मर्दनिया विप्लव नेतृत्व नेकपाका नवलपुर जिल्ला सदस्य हुन् ।

उता, नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । खैरनीमा बस्दै आएका ज्ञवाली केही समय अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर काम गरे भने अहिले पुन नवलपरासी ईन्चार्ज भएर आएका थिए । पार्टी स्रोतका अनुसार उनलाई पनि प्रहरीले घरबाटै पक्राउ गरेको हो । यो सँगै नेत्र बिक्रम चन्द ‘विप्लब’लाई अर्को ठुलो धक्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्