Monday 27th of January 2020

अमेरिकामा बालिकामाथि एक हजार जनाले गरे बलात्कार !

एजेन्सी । नियमित रुपमा संसारबाट यौन शोषण भएको घटना आउने गरेको छ । जसमा केही त यस्ता घटना हुन्छन् कि हामीलाई मानव भन्न पनि लाज लाग्छ । यस्तै एक घटना दुई वर्षअगाडि अमेरिकामा घटेको छ । जहाँ पेन्सिलवेनियाको फिलाडेल्फियामा एक बालिकालाई बन्धक बनाएर उसका साथमा १ हजार जनाले सामूहिक बलात्कार गरेको खबरले सनसनी मच्चाएको छ ।

पीडित त्यो समय १४ वर्षकी थिइन् । उनले आफ्नो जिन्दगी २ वर्ष नरकमा बिताइन् । जब उनी दरिद्रको जालबाट छुटेर आइन् तब खुल्यो वास्तविक रहस्य । उनलाई मुक्त गर्नका लागि परिवार र प्रहरीले सहयोग गरेका थिए । प्रहरीले यो घटना दर्ता गराएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

एक अमेरिकी पत्रिकाकाअनुसार त्यो समय १४ वर्षीया बालिका आफ्ना बाबुआमासँग झगडा गरेर घर छोडेर निस्किएकी थिइन् । यसपछि उनी मानव तस्करको पञ्जामा परिन् । उनलाई तस्करले एक होटलमा बन्धक बनाएर राखेका थिए । उक्त होटलमा घण्टाको हिसाबले ग्राहक आउँथे र बालिकासँग जर्बजस्ती सम्बन्ध राखेर जान्थे ।

आश्चर्यजनक कुरा त यो थियो कि धन्दामा लागेका व्यक्तिहरु सामाजिक सञ्जालमा विज्ञापन गर्थे र ग्राहकहरु सम्पर्क गरेर होटलमा आउँथे । होटलका मालिक पनि यस घटनामा जोडिएका छन् ।

जब बालिका यी तस्करको चंगुलबाट मुक्त भएर प्रहरीलाई यो कहानी सुनाइन तब प्रहरी पनि चकित परेको छ । बालिकाले आफ्नो बयानमा २ वर्षमा १ हजारभन्दा बढी व्यक्तिले शारीरिक सम्बन्ध राखेकाे दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्