Thursday 27th of February 2020

ट्रम्पले नियुक्त गरेको सुरक्षा प्रमुखले दिइन् राजीनामा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गृहजिल्लाका सुरक्षा प्रमुख क्रिष्टजेन नेल्सेनले पदबाट राजीनामा दिएका छन् । सुरक्षा प्रमुख नेल्सेनले राष्ट्रपति ट्रम्पको विवादित सिमा नीतिको कारण देखाउँदै आइतबार सामाजिक सञ्जाल मार्फत पदबाट राजीनामा दिएका हुन् ।

नेल्सेनले सुरक्षा प्रमुखको पदबाट राजीनामा दिएलगत्तै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकी सुरक्षा विभागलाई नेल्सेनको सधैँ खा“चो पर्ने भन्दै आजीवन सुरक्षा संयन्त्रसंग आवद्ध रहन अनुरोध गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत सुरक्षा प्रमुख नेल्सेनलाई भन्सार र सुरक्षा प्रमुखबाट अस्थाई रुपमा हटाइएको र उनको स्थानमा क्याभिन म्याकलेनलाई पदस्थापन गरिएको स्पष्ट गरेका छन् ।

नेल्सेनले पदबाट राजीनामा दिनुको कारणबारे केही उल्लेख नगरेपनि आपूmले उर्पयुक्त समयमा राजीनामा दिएको बताएका छन् । सन् २०१७ मा राष्ट्रपति ट्रम्पले तत्कालिन सुरक्षा प्रमुख जोन केल्लीलाई हटाएर नेल्सेनलाई सुरक्षा प्रमुखमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्