Sunday 16th of June 2019

नायिका दिशाको स्टेपलाई शुभेच्छुकहरूले मन पराए

[mashshare]

मुम्बई । बलिउड नायिका दिशा पटानीले आफ्नो डान्सको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

दिशाले एउटा भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् ।

खासमा दिशाको डान्सको स्टेप आममानिसले रुचाइरहेका छन् । भिडियोमा दिशा चर्चित गायिका सेलेना गोमेजको नयाँ गीतमा नाचिरहेकी देखिन्छिन् ।

उनले भिडियोलाई इन्स्टाग्राममा सेयर गरेकी छिन् । दिशाको साथमा अर्की युवती पनि देखिन्छिन् । उनले योभन्दा अगाडि पनि यस्ता भिडियो सेयर गरेकी थिइन् ।

दिशाले टाइगरले जसरी नै फिटनेसलाई खुब ख्याल गर्छिन् । जिममा लामो समयसम्म एक्सरसाइज गर्छिन् ।

डान्स गरेर पनि आफूलाई फिट राख्छिन् । अहिले दिशा सलमान खानको फिल्म ‘भारत’मा देखिँदै छिन् ।

यसका साथै चर्चा छ कि दिशा ‘किक २’ मा पनि देखिँदै छिन् । आधिकारिक जानकारी भने आइसकेको छैन ।

दिशाले ठूलो पर्दामा टाइगर श्राफसँग ‘बागी २’ बाट डेब्यु गरेकी थिइन् । त्यसो त दिशा र टाइगर श्राफ प्रेमसम्बन्धका कारण पनि चर्चामा आइरहन्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्