Sunday 16th of June 2019

२७ प्रतिशतले शिक्षण शुल्क वृद्धि

[mashshare]

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ । नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्णयबाट निजी विद्यालय थप मोटाउने र अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ ।

महानगरपालिका विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको फागुन २६ गतेको बैठकले निजी विद्यालयद्वारा हाल लिइँदै आएको शिक्षण शुल्कमा औसतमा २७ प्रतिशत बढाउने दिनेगरी नयाँ शुल्कदर तोकेको हो । नयाँ शैक्षिक सत्र बैशाख २ देखि शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्