Sunday 16th of June 2019

आज मेसी र सुआरेजबिना बार्सिलोनाकाे खेल हुँदै

[mashshare]

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा मेसी र सुआरेजलाई विश्राम दिएको छ । शनिबार हुने हुएस्काविरुद्धको खेलमा मुख्य खेलाडी मेसी र सुआरेज खेल्ने छैनन् ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले मंगलबार क्याम्प नोउमा हुने च्याम्पियन्स लिग अन्तर्गत हुने क्वाटरफाइनलको दोस्रो लेग खेललाई मध्यनजर गर्दै सबै खेलाडी चुस्त राख्न आराम दिएको हो ।

कप्तान लिओनेल मेसी, लुइस सुआरेज, इभान राकीटिच, जेरार्ड पिके, सर्जियो बुस्केट्स र सर्जी रोबर्टोले हुएस्काविरुद्ध खेल्ने टोलीमा स्थान बनाएका छैनन् । कप्तान मेसीलाई युनाइटेडविरुद्ध खेलमा नाकमा चोट लागेपछि विश्राम लिने पक्षमा पुगेका हुन् ।

त्यसैले अन्य खेलाडीले मौका पाएका छन् । उता हुएस्का पनि आफ्नो बलियो आक्रमणका लागि तयार अवस्थामा छ । खेल आज बेलुकी ८ बजेबाट सुरु हुनेछ । हुएस्काविरुद्ध टोलीमा जन-क्लेर टोदिबो, रिकी पुई, अबेल रुइज र मौस वागे नयाँ अनुहार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्