Sunday 16th of June 2019

काठमाडौं महानगरमा के साँच्चै गुड्लान् त रात्रि बस ?

[mashshare]

काठमाडौं । विश्वका जुनसुकै देशका राजधानी सहर मध्यरातसम्म चलायमान हुन्छन् । जहाँ झिलिमिली लाइट र मान्छेको चहल पहलले रात पनि दिन जस्तै झिलिमिली देखिन्छ ।

तर, नेपालको राजधानी सहर काठमाडौँ भने विश्वका अन्य देशको तुलनामा ठ्याक्कै उल्टो जस्तै छ । नेपालको राजधानी सहर काठमाडौँ बेलुका ८ नबज्दै ठप्प अर्थात् सुनसान जस्तै हुन्छ ।
बेलुकाको साढे ७ नबज्दै उपत्यकाका सार्वजनिक बस मात्रै होइनन्, अन्य व्यवसायिक केन्द्र पनि ठप्प जस्तै हुन्छन् ।

ठमेल र दरबारमार्गलाई अपबाद छाडेर अन्य ठाउँ ठप्प जस्तै हुन्छ । जसले गर्दा काठमाडौँ सहरमा बेलुकाको साढे ७ बजेपछि सार्वजनिक यातायात समेत गुड्दैनन् । जसको कारणले सर्वसाधारण सहज ढंगले यात्रा गर्न समेत पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्