Monday 22nd of April 2019

आज १२ जिल्लामा सार्वजनिक विदा

काठमाडौं । सरकारले आगामी २०७६ साल वैशाख २ गते परेको सिरुवा पर्वका लागि तराईका ५ जिल्लामा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले उक्त सूचना ५ वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ ।

सरकारले अघिल्लो बर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले त्यसको विरोध गर्दै विदाको माग गरेका थिए । तराईमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी) समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । २०७६ साल बैशाख १ गतेदेखि ३ दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ ।

हेर्नुहोस प्रेस विज्ञप्ति

त्यसैगरी प्रदेश २ सरकारले आज जुडशितल पर्वको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा वैशाख २ गते प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएका हुन् ।

होली पर्वमा रंग अविरले खेलिए जस्तै जुडशितल पर्वमा हिलो र पानीले खेलिने गरिन्छ। नयाँ वर्ष २०७६ को स्वागतमा वैशाख १ मा सतुवाई र २ गते हुने जुड्शितललाई मध्यनजर गर्दै प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको हो। मिथिलाञ्चल क्षेत्रका विभिन्न कार्यक्रमको आयोजना गरी एक आपसमा हिलो र पानी छ्यापेर यो पर्व मनाउने गरिन्छ।

हेर्नुहोस प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्