Tuesday 31st of March 2020

सावधान ! मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यी काम ! जसले गर्दा दैनिक जीवनमा पर्छ नकारात्मक असर !

काठमाडौँ । धार्मिक शास्त्र अनुसार सातै बार फरक फरक भगवानको पुजा आरधना गर्ने कुरा उल्लेख गरिएको छ । बार अनुसार भगवानको पुजा आरधना गर्नाले व्यक्तिमा पर्ने नराम्रो प्रभावलाई कम गर्छ भन्ने विश्वास रहेको छ ।

त्यस्तै मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने परम्परा रहेको छ । विशेषत मंगलबारको दिन गणेश भगवानकै ध्यान गर्ने गरिन्छ । त्यस्तै धर्म शास्त्र अनुसार मंगलबारको दिन केही काम गर्न रोक लगाइएको छ । जुन काम गर्दा दैनिक जीवनमा समस्या देखा पर्छ । आज हामी तपाईहरुलाई मंगलबारको दिन गर्न नहुने कामको बारेमा बताउन गइरहेका छौँ ।

१.मंगलबारको दिन पशुबली दिनु हुँदैन् । यो दिन पशु बली दियो भने सन्तानमा नकारात्मक असर पर्छ ।

२.मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धि भ्रमित हुनेछ ।

३.मंगलबारको दिन माछा खानाले आर्थिक नोक्सानी हुन्छ । यो दिन मासु पनि खानु हुँदैन् । मासु खाँदा कुटुम्बको क्षती हुन्छ ।

४.मंगलबार मासु खाँदा क्रोधमा वृद्धि हुन्छ । यसले अपराध बढाउँछ ।

५.मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा धेरै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्