Monday 22nd of April 2019

३२५, ए–२ को डिस्ट्रिक गर्भनर थर्ड एडभाइजरी कम्यूनिटि मिटिङ सम्पन्न

काठमाडौं । लायन्स क्लब ईन्टरनेशनल, ३२५, ए–२ को डिस्ट्रिक गर्भनर थर्ड एडभाइजरी कम्यूनिटि मिटिङ जोन चियर पर्सन लायन भरत प्रसाइको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३२५, ए २ का गर्भनर लायन सुदर्शधर प्रधानाङ्ग, मल्टिपल जिएमटी कोआर्डिनेटर शम्भू प्रसाद घिमीरे, पीडिजी लायन विजु बज्राचार्य, (इनकमिङ्ग गर्भनर) फस्ट भीडिजी लायन शोभा जोशी, (इनकमिङ्ग फस्ट भीडिजी) सेकेण्ड भीडिजी लायन शुशीला मल्ल, डिस्ट्रिक जिएमटि कोआर्डिनेटर पीडिजि लायन मधुकरकुमार उपाध्याय, पीडिजी सिवराम प्रधान, टे«जरार लायन विधान जोशी र एडिसनल क्याबीनेट सेक्रेट्रि लायन कृष्णज्योति शाक्य लगायत अग्रज विभिन्न जिम्मेवार लायन्स पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैठकमा लायन्स क्लब अफ काठमाडौं फेलोसीप, लायन्स क्लब अफ रामेछाप लिखु, लायन्स क्लब अफ काठमाडौं जागृति, लायन्स क्लब अफ नेपाल जर्ना्लिस्ट र लायन्स क्लब अफ हिमालय एक्सिलन क्लबका प्रसिडेण्डहरुले आ–आफ्नो क्लबको तर्फबाट गतिविधि, प्रगति, कार्ययोजना सहीतको प्रतिवेदन पेश गर्नु भएको थियो ।

मल्टिपल जिएमटी कोअर्डिनेटर लायन शम्भू घिमीरेले वैशाखमा हुने लायन्स क्लब ईन्टरनेशनल, ३२५, ए–२ को कन्भेनशनसम्म सदस्यता शुल्क बुझाउन बाँकी रहेका कुनै क्लबहरुलेले कन्भेन्शनको दिनसम्म म्गभक भरेको छ भने त्यसका आधारमा क्लबलाई भोटिङ्ग राईटस दिन आवश्यक निर्णयगर्नका लागि डिस्ट्रिक गर्भनरसँग अनुरोध गर्नु भएको थियो । इनकमिङ्ग गर्भनर लायन शोभा जोशीले लभ, लर्न र लिड विषयलाई फोकस गर्दै सम्पूर्ण लायन्सहरुसँग मीलेर लायन्सले गर्दै आएको समाज सेवामा टेवा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

त्यस्तै डिस्ट्रिक जिएमटि कोआर्डिनेटर पीडिजि लायन मधुकरकुमार उपाध्यायले लायन्स क्लब र लायन्सहहरुको भूमिका अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा संक्षिप्तमा प्रकाश पार्नु भएको थियो । ३२५, ए–२ को डिस्ट्रिक गर्भनर थर्ड एडभाइजरी कम्यूनिटि मिटिङमा डिस्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्ग, मल्टिपल जिएमटी कोआर्डिनेटर शम्भू प्रसाद घिमीरे, डिस्ट्रिक जिएमटि कोआर्डिनेटर पीडिजि लायन मधुकरकुमार उपाध्याय, पीडिजी सिवराम प्रधानले ईनकमिङ्ग गर्भनर लायन शोभा जोशी, ईनकमिङ्ग फस्र्ट भिडिजि लायन डा. शुशीला मल्ल र सेकेण्ड भिडिजिका लागि उमेदवार चिफ एडभाईजर लायन केशव पाण्डेका लागि शतप्रतिशत एस भोट गर्न उपस्थित लायनहरुलाई अनुरोध गर्नु भएको थियो ।

काठमाडौको सभागृहमा हुने लायन्स क्लब अफ ईन्टरनेशनल ३२५, ए २ को सातौं कन्भेन्शनमा सहभागि हुने लायन्स सदस्यहरुका लागि पन्द्रसय रजिस्ट्रेशन चार्ज रहको र अर्को हप्ता देखि रजिस्ट्रेशन गर्न सकिने लायन प्रकाश सिटौलाले बैठकमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्