Sunday 16th of June 2019

पूर्वकर्मचारीले मोबाइलमा गोप्य भिडियो खिचेपछि..

[mashshare]

काठमाडौं । नेपालमा २५ भन्दा धेरै बालकमाथि गरेका युरोपियन युनियन (इयु) का पूर्वकर्मचारी पाउल म्याकार्थी क्यानडाका पक्राउ परेका छन् । इयुका लागि भ्रष्टाचार नियन्त्रणसम्बन्धी परामर्शदाता बनेर काम गरेका पाउल क्यानेडियन नागरिक हुन् ।

करिब डेढ महिनाअघि क्यानडा प्रहरीले उनलाई नेपालमा गरेको अपराधमा पक्राउ गरेको हो ।
नेपालमा रहँदा पाउल बौद्धस्थित एक संस्थामा समाजसेवी बनेका थिए । सोही संस्थाका बालकलाई आफ्नो डेरामा लैजाने र यौन शोषण गर्ने गरेको अनुसन्धानबाट खुलेका छ ।

क्यानडा पुगेपछि उनको साथबाट बरामद मोबाइल तथा ल्यापटपबाट अपराध पत्ता लागेको हो । पाउलले बालकहरुको गोप्य भिडियो खिच्नुका साथै यौनसम्बन्धी भिडियोहरु देखाउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्