Sunday 16th of June 2019

करोडौँको गाडी गृहबाट गायब

[mashshare]

काठमाडौं । सरकारी कार्यालयबाटै दुई करोड बढी पर्ने एउटा गाडी गायब भएको रहस्य खुलेको छ । एक जलविद्युत् परियोजनाले दिएको गाडी गृह मन्त्रालयबाटै गायब भएको रहस्य खुलेको हो ।

गृह मन्त्रालयबाटै बा.६च १०२५ नम्बरको प्राडो जिप चोरी भएको छ । प्राडो जिपको मूल्य नेपालमा २ करोड २५ लाख रुपैयाँदेखि २ करोड ८५ लाख रुपैयाँसम्म छ । चमेलिया जलविद्युत् आयोजनाबाट लिएको सो प्राडो गृहमन्त्रालय नै आइनपुगेको बताइएको छ । चमेलियाले गृह मन्त्रालयलाई दिएको भनिएको प्राडो जिप अहिले बेपत्ता छ ।

महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणको क्रममा गाडी बेपत्ता भएको तथ्य फेला पारेको हो । चमेलियाको लेखा परिक्षण गर्ने क्रममा प्राडो नदेखिएपछि त्यसबारेमा कार्यालयले चासो राखेको थियो । तर, चमेलियाले सो प्राडो गृहमन्त्रालयमा लगेर बुझाएको कागजपत्र पेस गरेको छ ।

तर, गृहमन्त्रालयको लेखा परीक्षणका क्रममा सो गाडी देखिएन् । गृह मन्त्रालयले भने सो गाडी आफूसँग नभएको र कहाँ छ भन्ने कुनै जानकारी नै दिन सकेन । ‘चमेलियाबाट गृह मन्त्रालयमा गएको देखियो, गृह मन्त्रालयमा खोजी गर्दा न गाडी छ, न त कहाँ छ भन्ने जानकारी नै उसले दिन सक्यो, महालेखापरीक्षकको कार्यालयका एक अधिकारीले भने, ‘चमेलिया जलविद्युत् आयोजनाले खरिद गरेको बा.६च १०२५ नम्बरको गाडी हरायो ।’

प्रतिक्रिया दिनुहोस्