Monday 22nd of April 2019

भूमाफिया र मालपोत कर्मचारी फरार, हडपेको ७ रोपनी जग्गा फिर्ता

काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापरीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ । ललितपुर महानगरपालिका–३ स्थित कित्ता नम्बर १८६ को ७ रोपनी १० आना जग्गा पुनः सरकारका नाममा ल्याएको हो । यो जग्गा संघको भोगाधिकारमा थियो ।

गत माघ २ गते संघले व्यापारीलाई लिजमा स्थायी संरचना बनाउन दिएको स्वीकृति खारेज गर्दै सरकारले उक्त जग्गा फिर्ता ल्याएको हो । उक्त जग्गा २०६३ साउन २२ गते सरकारले संघलाई भोगचलनका लागि मात्रै दिएको थियो । गत चैत २६ गते रक्षा मन्त्रालयका सचिव रेस्मिराज पाण्डेले उक्त जग्गा फिर्ता ल्याउने निर्णय गरेको हुन् ।

यता बालुबाटास्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन शुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्