Tuesday 23rd of July 2019

आज प्रम ओलीबाट भेरी–बबई डाइभर्सनको सुरुङको ‘ब्रेक थ्रू’ हुदै

काठमाडौँ । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको आज ‘ब्रेक थू’ हुने भएको छ ।

निर्धारित समय भन्दा करि एक वर्ष अघि नै उक्त डाइभर्सन बैक थ्रु हुन लागेको हो । ०७४ कार्तिक मसान्तदेखि नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम)को प्रयोग गरिएपछि ०७६ चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको हो ।

औपचारिक घोषणाका लागि सुरुङको कूल १२ दशमलव २१० किलोमिटर लम्बाइमध्ये जम्मा दुई मिटर मात्र खन्न बाँकि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्