Tuesday 23rd of July 2019

बम डिस्पोज गर्ने क्रममा पोखरामा १ सैनिक घाइते

पोखरा । बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा १ सैनिक घाइते भएका छन् ।

पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाली सेनाको बम डिस्पोजल टोलीका सदस्य बम निष्क्रिय पार्ने क्रममा विस्फोट हुँदा घाइते भएको जनाएको छ ।

घाइते थापालाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्