Tuesday 18th of February 2020

संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर राप्रपाले जलायो

बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज शुक्रबार बिहान दाङका विभिन्न स्थानमा संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएको छ । राप्रपाको केन्द्रीय बिरोध कार्यक्रम अन्तर्गत शुक्रबारदाङको तुलसीपुर र लमहीमा संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएको केन्द्रीय सदस्य तेजबहादुर बस्नेतले जानकारी दिए ।

ब्यानर जलाउदा ‘संघीयता चाहिदैन, हिन्दू राष्ट्र नेपाल घोषणा गर’ भन्ने नारासमेत लगाइएको थियो । राप्रपाले हिन्दू राष्ट्रको घोषणा, संघीयताको खारेजी, संबैधानिक राजतन्त्र, भ्रष्टाचारीलाई कारबाही लगायतका २२ बुँदे माग राख्दै सडक आन्दोलनमा उत्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्