Tuesday 17th of September 2019

निगमको विमान चार्टर गरेर चीन जाँदै राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर चीन जाने भएकी छन् ।
गणतन्त्रपछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेको यो पहिलोपटक हो ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ७० देखि ८० जना नेपाली रहने परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।निगमले उक्त भिभिआईपी उडानमा एयरबस ३२० पठाउने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन भ्रमणमा हिमालय एयरलाइन्सको एयरबस ३२० प्रयोग गरेका थिए ।

उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले निगमको विमानलाई प्रतिउडान घन्टाको ११ हजार ६ सय डलर हाराहारी भाडा तिर्ने सर्तमा लैजान लागेको हो । ‘निगमको न्यारोबडी जहाज लैजाने टुंगो लागेको छ,’ स्रोतले भन्यो । निगमले जहाज पार्किङमा रहेको बेलाको भाडा तिनु नपर्ने जनाएको छ । तीन दिनको यो चार्टर उडानमा निगमले १२ घन्टा हाराहारीको मात्रै रकम लिनेछ । विमानको ल्यान्डिङ, पार्किङलगायत र इन्धन खर्च निगम आफैंले बेहार्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्