Tuesday 25th of June 2019

सगरमाथाको फोहर सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

सोलुखुम्बु । वैशाख १ गतेबाट शुरू भएको सगरमाथा सरसफाइ अभियान अन्तर्गत यस क्षेत्रमा संकलन गरिएको फोहोर काठमाडौं पठाइएको छ । १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा खुम्बुको क्षेत्रको लुक्लादेखि स्याङ्बोचेसम्म संकलन गरिएको करिब १ टन फोहोर काठमाडौं पठाइएको हो । त्यस्तै एक टन फोहर ओखलढुंगा पनि पठाइएको छ ।

पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदुषण नियन्त्रण समितिको सहभागितामा फोहोर संकलन गरिएको थियो ।

संकलितफोहोर मध्ये नकुहिने र प्रसोधन गर्न सकिने फोहोर काठमाडौं र कुहिने फोहोर ओखलढुंगा पठाइएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत फोहोर काठमाडौं पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्