Friday 28th of February 2020

बाटोमा हिड्दै गर्दा भेटिएको पैसाले यस्तो कुराको संकेत गर्छ

काठमाडौँ । के तपाईले बाटोमा हिड्दै गर्दा कहिल्यै पैसा भेटाउनुभएको छ ? यदि भेटाउनुभएको भए टिप्नु पनि भएको होला ? यसरी बाटोमा पैसा भेटिनुलाई कहिले अशुभ मानिन्छ त कहिले शुभ मानिन्छ । त्यसकारण भेटेको पैसालाई कतिपयले छिट्टै खर्च गर्छन् । कतिले यस्तो पैसालाई धर्म कर्मको काममा लगाउने गर्छन् ।

हिन्दु धर्म अनुसार पैसाको नोट भेट्नु र सिक्का भेट्नुमा फरक रहेको छ । जमिनमा फेला पारेको सिक्का पैसा आध्यात्मिकसँग सम्बन्धित रहेको छ । प्रतिकात्मक रुपमा धन भनेको अर्थ शक्ति, सत्ता र मूल्यसँग हुन्छ । एकअर्कासँग सम्बन्धीत रहेको हुन्छ । जो व्यक्तिले पैसा भेटेर हातमा लिन्छ त्यो व्यक्तिको उर्जा अर्को व्यक्तिमा जान्छ । हरेक व्यक्तिको उर्जा सिक्कामा पुग्ने गर्छ ।

चीनमा सिक्कालाई किनमेलको रुपमा मात्र नभएर गुडलकको रुपमा हेरिएको हुन्छ । तर नेपाल र भारतमा धनलाई लक्ष्मको रुपमा लिने गरिन्छ । यो अर्थमा पैसालाई अप्रत्यासित मानिएको पाइन्छ । सिक्का पैसासँग परलैकिक शक्ति पनि सम्बन्धमा रहेको हुन्छ । सिक्का पैसाले आत्माविश्वास गुमाउनुको साथै त्यसलाई जीवित राख्ने कोसिस प्रदान गर्छ ।

अर्को संकेत हो सिक्का पैसाको माध्यमबाट आफ्नो पुर्खाहरुले आर्शिवाद पुर्याउन खोजिरहेका हुन्छन् । बाटोमा भेटिएको नोट या सिक्का दुई कुरामा आधारित रहेको हुन्छ । पहिलो कुरा हो तपाईको दिमागमा के चलिरहेको थियो भन्ने हो भने दोस्रो कुरा तपाईले पैसा भेट्नुभयो की नोट ? यदि सिक्का भेटिएको छ भने नयाँ कामको सुरुवात भएको हुन्छ ।

यदि नयाँ योजनालाई साकार पार्नु छ भने सही समय आउनु पर्छ । यो सफल प्रगति तथा उपलब्धीको निशानी हो । यदि आकाशिय शक्ति आइरहेको छ भने त्यो समयमा मस्तिष्कमा विचार आइरहेको हुन्छ । त्यसलाई सफलता तिर लैजाने कोसिस गर्नुपर्छ । यदि तपाईले नोट पैसा भेट्टाउनु भएको छ भने आफ्नो परिस्थितीलाई गम्भिर रुपमा हेर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्