Saturday 21st of September 2019

ससुराली गएका श्रीमानको ढुङ्गा प्रहार गरी हत्या

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । ढुङ्गा प्रहार गरी सोमबार ४० वर्षीय लोकबहादुर कुमालको हत्या उनकी श्रीमती ३९ वर्षीय मङ्गला कुमालले गरेकी हुन् ।

श्रीतमीले ढुङ्गाले हानेपछि घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको थियो । तर त्यहाँ पुग लगत्तै उनको मृत्यु भएको हो ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको ज्यान गएको प्रहरीले जनाएको छ । मङ्गला प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्