Sunday 15th of December 2019

आज लोकतन्त्र दिवस: नागरिकका सपना अझै पूरा हुन सकेनन्

काठमाडौँ । आज तेह्रौं लोकतन्त्र दिवसदेशभर विभिन्न कार्यक्रमहरु गरी मनाइदैछ ।२०६/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइएको हो । जनताको बलिदानीबाट प्राप्त लोकतन्त्र आएता पनि जनताले अपेक्ष गरे अनुसार अझै विकास र समृद्धि हुन सकेको छैन ।जनताको चाहना तथा सपना भनेको नै विकास र समृद्धि हो ।

विकासको साथमा रोजगारी, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा, भ्रष्टाचार, हिंसा, बलत्कार लगायतका अपराधिक गतिविधि मुक्त देशको अपेक्षा गरेका आम नेपालीको सपना पुरा हुन सकेको छैन ।संघीयता कार्यान्वयनसँगै गाउँगाउँमा सिंहदरबार पुगेको छ । घरदैलोमै जनप्रतिनिधि पुग्छन् । लोकतन्त्रकै बलमा यी सबैथोक भए पनि नागरिकले अझै लोकतन्त्रको अनुभूति गर्न पाइएन भन्ने गुनासो गर्छन् ।जति नै ठूला-ठूला परिवर्तनकाे कुरा गरे पनि नागरिकले लाेकतन्त्रकाे आभाष गर्न पाएका छैनन् ।

दिनदिनै नेता र कर्मचारीका बेथिति र भ्रष्टाचारका समाचारले नागरिक वाक्कदिक्क मात्रै हाेइन, निराश हुँदै गएका छन् । त्यसैले हाेला बद्री पङ्गेनीले गीतमा भनेझैँ आम नेपाली भन्ने गर्छन्, ‘अझै नि लाेकतन्त्र आ’काे छैन है ! जनताले भनेझैँ भा’काे छैन है !’लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगेसँगै संविधान कार्यान्वयनमा आएको छ । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।

संविधानसभाबाट बनेको संविधानले गणतन्त्र, संघीयता र धर्म्निरपेक्षतालाई संस्थागत गरेको छ । संघीय शासन प्रणालीको अभ्यास सुरु भएको छ । स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको चुनाव सम्पन्न भएर जनप्रतिनिधिले काम थालेका छन् ।दपरिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्