Tuesday 25th of February 2020

जनप्रतिनिधिको मनपरि: जग्गा दान नदिएको भन्दै सुविधाबाट वञ्चित

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका–६ च्यामामा सडक खन्न जग्गा दान नदिएको भन्दै एक परिवारलाई वडाबाट पाउने सबै सुविधा नदिने निर्णय गरेको छ । वडाध्यक्षसहितको नेतृत्वमा बसेको बैठकले जग्गा दान नदिने लक्षिमा आपागाइँको परिवारलाई सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको हो ।

जनप्रतिनिधिको स्वेच्छामा अर्कै स्थानबाट सडक लैजाँदा ग्रेड नमिल्ने र त्यसले स्थानीय बासिन्दा सबैलाई नसमेट्ने कारण पुरानै स्थानबाट सडक लैजान मसहित वरपरका छिमेकीले आग्रह ग¥यौँ तर वडाध्यक्षले आफूमाथि गालीगलौज गर्दै तेरो जग्गाबाट लैजान नदिए गाउँमा बस्न नदिने र वडासदस्य रुद्रबहादुर घिमिरेले खुट्टा काटिदिने धम्की दिएको पीडित आपागाइँले गुनासो गरिन् ।

उनले भनिन्, ‘प्राविधिक इस्टमेटअनुसार सुरुमा तयार पारिएको टँुडिखेल गहत्तेरी खुवाचउर छेत्रबाट सडक लैजाँदा त्यस छेत्रमा वडा सदस्य घिमिरेको समेत जग्गा पर्छ । तर, आफ्नो जागा जोगाउनका निम्ति गाडी नै चल्न नसक्ने भूगोलमा जबर्जस्ती सडक लैजान खोजेपछि मैले बिमति राखेँ, तर उनीहरूले मैले वडाबाट पाउने सबैखाले सेवासुविधा रोकिदिने चेतावनी दिए ।’

जग्गा दान नदिएकै कारण आफू, पति र दुई छोराको सिंगो परिवारलाई सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको र संविधान बमोजिम राज्यबाट पाउनुपर्ने सेवा सुविधा विना रोकतोक पाउनुपर्ने साथै वडाध्यक्षसहित वडासदस्यलाइ समेत कारबाही गरी मलाई न्याय दिलाइँ पाउँ भनी जिल्ला प्रशासन कार्यालय दोलखामा निवेदन हालेको आपागाइँले बताइन् ।

गत महिना वडाध्यक्ष झनकबहादुर फुयाल, वडासदस्य रुद्रबहादुर घिमिरे, प्राध्यापक टीका घिमिरे, बुद्धजीवीहरूको हितबहादुर पूmयाल, जिवस फुयाल, सुमन मिजार, पवन खड्का लगायतको बैठकले जग्गा नदिने परिवारका छोराहरूसहित सबैलाइ वडा कार्यालयबाट पाउने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।

यता वडाध्यक्ष फुयालले पीडित महिला आफ्नो आफन्त पनि पर्ने र डर देखाउनका लागि मात्र त्यस्तो निर्णय गरेको बताए । नराम्रो नियतले त्यस्तो नगरेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्