Friday 6th of December 2019

स्टोरबाट १५ लाख चोरी, सीसीटिभीमा देखिए चोर

सर्लाही । बुधबार सर्लाहीको सदरमुकाम मलङ्गवास्थित मुख्य बजारमा शङ्कर चौधरीले सञ्चालन गरेको एएस डिपार्टमेन्ट स्टोरबाट १५ लाख रुपैयाँ चोरी भएको छ । सीसीटिभी फुटेजमा देखिएको आधारमा ६ जनाको समूहले सटरमाथि तानेर काउन्टरमा राखिएको १५ लाख चोरेको हो ।

सटर तानेको ठाउँमा पाँचजना बाहिर बसेको र एकजनाले पैसा झिकेपछि सबै भागेको सीसीटिभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले भारतीय सीमा क्षेत्रको सीसीटिभी फुटेज हेर्ला चोरको समूह पैसा चोरेर गोरखकालीको बाटो हुँदै भारत गएको देखिएको छ ।

सञ्चालक शङ्कर चौधरीले सामान अर्डर दिएका व्यापारीलाई दिन राखिएको पैसा चोरी भएको बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्